सिन्धुली – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले सिन्धुलीको दुईवटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याए संगै उम्मेदवार दर्ताको तयारीमा सिन्धुली कांग्रेस जुटेको छ ।
सिन्धुली जिल्ला मुख्य निर्वाचन कार्यालयले जारी गरेको राजनितिक दल मनोनयन दर्ताको समय तालिका अनुसार नेपाली कांग्रेस सिन्धुलीले उम्मेदवार मनोनयन गर्ने तयारी भएको कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलले बताए ।
कांग्रेसका पार्टी नेता कार्यकर्ता, भातृ एबम शुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरु लाई उम्मेदवार मनोनयन दर्ताका लागी सहभागी जनाउन कांग्रेस सिन्धुलीले आह्वान गरेको उनले बताए । जिल्ला मुख्य निर्वाचन कार्यालयले नेपाली कांग्रेसलाई दिउसो ३:१५ देखी ४:०० बजे सम्मको समय निर्धारण गरेको छ ।
नेपाली कांग्रेसले सिन्धुलीको क्षेत्र नं १ मा विशेष महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित उज्ज्वल प्रसाद बराललाई उम्मेदवार बनाएको छ भने २ मा कांग्रेसको समानुपातिक संसद तथा सचेतक सुशीला थिङ्गलाई उम्मेदवार बनाएको छ ।









