सिन्धुली – नेपाली कांग्रेसले सिन्धुली क्षेत्र नम्बर १ मा विशेष महाधिबेशनबाट केन्द्रिय सदस्य पदमा निर्वचित उज्ज्वल प्रसाद बराललाई उम्मेदवार बनाउने भएको छ ।
संसदीय बोर्ड बैठकले सिन्धुली १ मा बराललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनी आज अपराह्न ३:३० बजे उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृत कार्यालय आइपुग्ने नेताहरूले जनाएका छन् ।
यसअघि दुईपटक निर्वाचनमा पराजित भएका बरालसँगै यो क्षेत्रमा विघटित प्रतिनिधिसभाका सदस्य तथा कांग्रेस मुख्यसचेतक श्याम घिमिरे संविधान सभा सदस्य मोहन बराल पनि टिकटका आकांक्षी थिए ।
सिन्धुली कांग्रेसले दुईवटै निर्वाचन क्षेत्रको उम्मेदवार मनोनयन दिउँसो ३:३० बजे निर्वाचन अधिकृतको कार्यालयमा गर्ने तयारी गरेको छ ।
यता सिन्धुलिको २ मा विघटित प्रतिनिधिसभाकि समानुपातिक सदस्य तथा कांग्रेस सचेतक सुशीला थिङलाई उम्मेदवार बनाएको छ ।









