सिन्धुली – नेपाली कांग्रेसबाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार उज्ज्वल प्रसाद बरालले चुनावी घरदैलो अभियान सुरू गरेका छन् ।
कमलामाइ नगरपालिका वडा नम्बर–९ भिमानबाट मंगलबारबाट घरदैलो अभियान सुरू गर्दै बरालले मतदाता भेटघाट तीव्र बनाएका हुन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले रुख चुनाव चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन् घरदैलो अभियानका क्रममा बरालले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै समस्या, आवश्यकता र अपेक्षाहरू बुझिरहेका छन् । बराल नेपाली कांग्रेस जिल्ला कार्यसमितीका पुर्व सभापती हुनुका साथै कांग्रेसको दोस्रो बिशेष महाधिवेशनबाट केन्द्रिय सदस्य बनेका हुन ।
उनले सिन्धुलीको माटो संग राम्रो सङ्ग परिचित रहेको बताउदै विगतको विकास कार्यलाई निरन्तरता दिन प्रतिबद्ध रहने बताएका छन् ।
स्थानीयले पनि बराललाई सिन्धुलीको माटोले राम्रो संग चिनेको उम्मेदवारको रुपमा लिएको र यो पटक आफ्नो मतमार्फत सहयोग गर्ने प्रतिबद्धता जनाइरहेका छन । बराललाई पार्टी, जनता र जिल्लामा बफादार नेताको रुपमा चिन्ने गरिएको छ ।









