सिन्धुली -१ मा उज्ज्वल बरालको पक्षमा जनलहर

सिन्धुली – आसन्न प्रतिनिधि सभा निर्वाचन आउन एक सातामात्र बाँकी रहँदा सिन्धुली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उज्वल प्रसाद बरालको पक्षमा जनलहर बढ्दै गएको छ ।

घरदैलो अभियानमा उनले पाएको माया र साथले उनी जनताको मनमनमा बस्न सफल नेता भएको देखाएको छ । एकढिक्का रहेको नयाँ कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनको र्याली, घरदैलोमा मतदाता स्वस्फूर्त रूपमा उनलाई माया र स्नेहसहित मत दिन आतुर देखिएको कांग्रेस दुधौली नगर सभापती बलराम अधिकारी बताउँछ्न् ।

हुन त नेताले बताए भन्ने भाष्य सिर्जना गर्न खोजिएला तर उनको पक्षमा उर्लिएको माहौलले उहाँप्रति मतदाताको माया झल्किन्छ । एकातिर अन्य पार्टी छाडेर उहाँको पक्षमा उभिने संख्यामा वृद्धि हुँदै गएको छ भने अर्कोतर्फ उहाँको सादगी जिबनशैली, सिन्धुलीका प्रत्येक नागरिक संगको सामिप्यता, विकास निर्माणका काम र सहयोगको मतदाताले गुन तिर्ने स्थानिय बताउँछ्न् ।

बराललाई समर्थन गर्दै कांग्रेस रोजेका र चुनावी अभियानमा लागेका युवाहरूको मायाले यो पटक पनि काङ्ग्रेसका उम्मेदवार बराल विजयी हुने बताउँछ्न् ।

सस्तो लोकप्रियता कमाउन नयाँ दलहरूले अनेक हत्कण्डा प्रयोग गरे पनि जनमत कांग्रेसकै पक्षमा रहेको आम मतदाताले स्वीकार्दै यस पटक उम्मेद्वार बराललाई मनमनमा राखेको स्थानीयको तर्क छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार ०३:३७

प्रतिक्रिया दिनुहोस्