सिन्धुली – दुधौली नगरपालिका वडा नं. २ स्थित श्री कमला माध्यमिक विद्यालय भलुवाहीमा आज शनिबार विद्यालय व्यवस्थापन समिति (बिब्यस) गठन गरिएको छ ।
अभिभावक भेलाबाट चारजना अभिभावक र दुईजना मनोनीत गरी कुल ६ जना महिलामात्रै नेतृत्वमा चयन भई महिला नेतृत्वको सबल र उदाहरणीय अभ्यास प्रस्तुत गरिएको छ ।
छनौट हुनेहरूमा अभिभावकबाट गीता लामिछाने मगर, मञ्जु ढुङेल चालिसे, सीतावती धामी र हेमकुमारी मिर्धा रहेका छन् भने मनोनीत सदस्यहरूमा गीता लामिछाने र हरिमाया कार्की रहेका छन् ।
यस बिद्यालय ब्यबस्थापन समितीको निर्णयले महिला सशक्तिकरण, समावेशिता र विद्यालयको सकारात्मक रूपान्तरणतर्फ महत्वपूर्ण सन्देश दिएको छ ।









