सिन्धुली । कोरोना संक्रमणका कारण कमलामाइ नगरपालिका -५ का खिलबहादुर मगरको बिहिबार निधन भएको छ । ४८ बर्षिय मगरको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको जिल्ला अस्पताल सिन्धुलिका ब्यबस्थापक बिमल श्रेष्ठले बताए ।
सास फेर्न गाह्रो हुने र उच्च ज्वरोको कारण मगरलाइ काठमाडौ मेडिकल कलेजमा सोमबार भर्ना गरिएको थियो । कोरोनाको लक्षण देखिएपछी पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
पारिवारिक आर्थिक अबस्था कमजोर भएका मगरलाई मेडिकल कलेजमा उपचार गर्न समस्या भएपछी संक्रमित मगरलाइ जिल्ला अस्पताल ल्याइएको हो । उपचारको क्रममा मृत्यु भएका मगरको नेपाली सेना, नेपाल प्रहरी र अस्पतालको सहयोगमा सब ब्यबस्थापन गरिएको छ ।










