प्रतिनिधिसभा विघटनविरुद्ध काङ्ग्रेस सिन्धुलिले कपिलाकोट र दुधौलिमा बिशाल प्रदर्शन गर्ने

सिन्धुली — नेपाली कांग्रेस सिन्धुलीले प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते  सोमबार देशभरको १६५ ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने जनाएको छ ।

नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम सिन्धुलिको दुई संघीय निर्वाचन क्षेत्रस्तरीय विरोध प्रदर्शन आयोजना हुने काङ्ग्रेस सिन्धुलिका सभापती उज्वल प्रसाद बरालले बताए ।

सिन्धुलिको निर्बाचन क्षेत्र न १ को दुधौली नगरपालिका दुधौलीमा र क्षेत्र नम्बर २ को मरिण गाउँपालिका कपिलाकोटमा बिरोध प्रदर्शन आयोजना गरिएको काङ्ग्रेसले जनाएको छ ।

सभापती उज्वल प्रसाद बरालले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको बताए । उनले भने, ‘संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी र गैरसंवैधानिक हो, प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको’ छ ।

काङ्ग्रेसले यो कदमको सशक्त प्रतिवाद गर्न सबै सचेत न्यायप्रेमी नागरिक, कवि, लेखक, पत्रकार, पेशाकर्मी, बौद्धिक लोकतन्त्रप्रेमी सबै तप्काका नागरिकलाई आ–आफ्नो ठाउबाट आ–आफ्ना माध्याममार्फत प्रतिरोधमा उत्रन र बिरोध प्रदर्शनमा सरिक हुन समेत आहृवान गरेको छ ।

प्रकाशित मिति : ११ पुष २०७७, शनिबार १७:०९

प्रतिक्रिया दिनुहोस्