सिन्धुलिको दुईवटै निर्बाचन क्षेत्रमा काङ्ग्रेसको भब्य बिरोध प्रदर्शन

सिन्धुली – प्रतिनिधिसभा विघटन विरुद्ध सिन्धुलिको दुई वटै निर्बाचन क्षेत्रमा नेपाली काङ्ग्रेसले सोमबार बिरोध प्रदर्शन गरेको छ । सिन्धुलिको निर्बाचन क्षेत्र नं. १ को दुधौली र निर्बाचन क्षेत्र नं. २ को कपिलाकोटमा नेपाली काँग्रेसले प्रदर्शन गरेको हो । दुबै निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा आयोजना गरिएको नेपाली काँग्रेस सिन्धुलीले जनाएको छ । 

निर्बाचन क्षेत्र नं. १ को दुधौलीमा भएको बिरोध सभालाइ सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले प्रतिनिधिसभा बिघटन असंबैधानिक कदम भएको जिकिर गरे ।

काँग्रेस क्षेत्र नं. १ का सभापति कर्णबहादुर आले मगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य घिमिरेले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई युद्धउन्मुख बनाएको आरोप लगाए ।

त्यस्तै, नेपाली काङ्ग्रेस सिन्धुलिका सभापती उज्वलप्रसाद बरालले सर्वोच्च न्यायाधीशलाई संविधानको अक्षर र भावनाअनुसार निर्णयमा पुग्न सुझाव दिएका छन् । कार्यक्रममा उनले भने, ‘सर्वोच्चका न्यायमूर्तिलाई अनुरोध छ, संविधान राम्रोसँग पढ्नोस्, संविधानको अक्षर र भावना बुझ्नोस् र फैसला गरेर देशलाई बचाउनुहोस् ।’

कार्यक्रममा पूर्व संविधानसभा सदस्य मोहन बराल, नेताहरु प्रेमचन्द्र दाहाल, महिला संघ अध्यक्ष गंगा दाहाल लगायतले बोल्दै संसद् विघटनको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको खण्डमा निर्वाचनको सुनिश्चितताका लागि निरन्तर खबरदारी गरिने बताए ।

यता सिन्धुली निर्बाचन क्षेत्र नं. २ को कपिलाकोटमा पनि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, भातृ संघसंस्था, शुभेच्छुक संस्थाका प्रतिनिधीको उपस्थितिमा बिरोध सभा गरिएको छ । नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति जगतबहादुर भोलनको सभापतित्वमा बिरोध सभा आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा जिल्ला पार्टी उप-सभापति खड्गबहादुर वाईवा, महासमिती सदस्य उपेन्द्र कुमार पोखरेल, नरेन्द्रजंग थापा, सचिबद्वय दिपक घिमिरे, कृष्णप्रसाद दाहाल, युबा नेता छेत्रबहादुर बम्जन लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै महासमिती सदस्य नरेन्द्रजंग थापाले प्रधानमन्त्रीले निरन्तर अलोकतान्त्रिक र असंवैधानिक कदमलाई संसद् चलेका बेला साथ दिने प्रचण्ड- माधव नेपालको पनि हामिले संगसङै विरोध गर्नुपर्ने उल्लेख गरे ।

उनले भने, ‘संसद्‍मा हुँदा उहाँहरूले जति पनि विधेयक ल्याउनुभयो, सरकार निरंकुशतातिर अगाडि बढ्नेतर्फको बिधेयक ल्याएको बताए ।’ यस्ता अनैतिक कार्य सम्पुर्णको जिम्मा यो त्यो स्म्मुह नभएर सिङ्गो नेकपाले लिनुपर्ने थापाले बताए ।

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार १८:१७

प्रतिक्रिया दिनुहोस्