कम्युनिस्ट सरकारको समृद्धियात्रा: कात्रोमा समेत भ्रष्टाचार

सिन्धुली – नेपाली काङ्ग्रेस सिन्धुलिले सिन्धुलिका ४ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिबार विरोध प्रदर्शन गरेको छ । सिन्धुली निर्बाचन क्षेत्र नम्बर १ को (ख) ग्वाल्टारमा आयोजना गरिएको विरोध सभामा बोल्दै नेपाली काङ्ग्रेसका नेताहरुले कम्युनिस्टहरु प्रजातन्त्र र लोकतन्त्रवादी हुनै नसकेको दाबी गरेका छन् ।

आफनो पार्टीको आन्तरिक कलह मिलाउन नसकेर कम्युनिस्ट सरकारका प्रधानमन्त्रीले संविधान च्यात्ने काम गरेको भन्दै काङ्ग्रेस नेताहरुले अहिलेको कम्युनिस्ट सरकारले लोकतन्त्र र जनाधिकारलाई रक्षा गर्न नसकेको बताएका छन ।

निर्बाचन क्षेत्र नम्बर १ को (ख) ग्वाल्टारमा आयोजना गरिएको बिरोधसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पुर्वमाननिय तथा नेपाली काङ्ग्रेस सिन्धुलिका पुर्वपार्टी सभापती मोहनप्रसाद बरालले कम्युनिस्ट सरकार मुलुकका लागि अति दुर्भाग्यपुर्ण रहेको उल्लेख गरे ।

उनले आफुले गरेका भ्रष्टाचार र लुटतन्त्रको संरक्षणका लागि ओलीले संविधान च्यात्ने काम गरेको बताए । पुर्व संविधानसभा सदस्य समेत रहेका बरालले प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको संवैधानिक र मौलीक अधिकार खोसेको बताए ।

बिरोधसभामा बोल्दै नेपाली काङ्ग्रेस महासमिती सदस्य उपेन्द्रकुमार पोखरेलले प्रतिनिधि सभा बिघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै सो कदम नसच्चीए सरकार मात्रै नभइ कम्युनिस्टहरु नै पतन भएर जाने चेतावनी दिए । भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) मा नेपालको अवस्था निराशाजनक देखिएको भन्दै पोखरेलले कम्युनिस्ट सरकार कात्रोमा समेत भ्रष्टाचार गर्ने सरकार भएको बताए ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई साथ दिएर राष्ट्रपतिले आफुलाइ नेपाली जनताको नभइ ओलीको राष्ट्रपतिको रुपमा उभ्याएको टिप्पणी गर्दै पोखरेलले नेपाली कांग्रेसले जनताकै साथमा रहेर संविधान र लोकतन्त्रको रक्षाकालागि महत्वर्पूण कदम चाल्नुपर्ने उल्लेख गरे ।

उनले बिरोधसभामा बोल्दै संविधान र जनाधिकार रक्षाका लागि काँग्रेसले चाल्ने हरेक कदमलाइ नेपाली जनताले साथ दिने र नेपाली जनताको बिश्वासयोग्य कदम हुने बताए ।

राष्ट्रको उच्च तहमा महिला नेतृत्व पुगेर गर्वलागेको सन्दर्भमा राष्ट्रपति स्वयंले पुरुषको पछिपछि लागेर असंबैधानिक कदमको उक्साहटमा देशलाई बर्बादीतर्फ उन्मुख गरेको भन्दै महिला संघ गोलन्जोर गाउँपालिका सभापती गङ्गादेबी श्रेष्ठले राष्ट्रपतिको कदमले सिङ्गो महिला समुदायनै लज्जास्पद बनेको बताइन् ।

सिन्धुलीको निर्बाचन क्षेत्र नम्बर १ को (ख) ग्वाल्टारमा आयोजना गरिएको बिरोधसभामा नेपाली काङ्ग्रेस महासमिती सदस्य मोहनबहादुर कार्की, नेता बिश्वनाथ कोइराला, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती कर्ण थापामगर नेपाली काङ्ग्रेस सिन्धुलिका पुर्व कोषाध्यक्ष शरद आचार्य, युवा नेता तथा गोलन्जोर गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्की, महिला नेतृ इन्दिरा निरौला लगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।

नेपालि काङ्ग्रेस सिन्धुलि निर्बाचन क्षेत्र नम्बर १ को (ख) का सभापती चन्द्रदिप कोइरालाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा तिनपाटन -८ का तत्कालिन जनसकार प्रमुख बाबुराम परियारलगाएतले नेपाली काङ्ग्रेस प्रवेश गरेका छन ।

कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध गरेको यो दोस्रो चरणको पहिलो आन्दोलनको कार्यक्रम हो । गत १९ पुसमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले एक दिन सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा, एक दिन सबै पालिकामा र एक दिन सबै वडाहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति : २६ पुष २०७७, आईतवार ०९:०४

प्रतिक्रिया दिनुहोस्