काङ्ग्रेस गोलन्जोरको विशाल बिरोध जन-प्रदर्शन [फोटोफिचर]

सिन्धुली – प्रतिनिधिसभा विघटनको विरोधमा सरकारविरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसले आज सिन्धुलिको नौ वटै स्थानीय तहबाट विरोध प्रदर्शन गरेको छ । १९ पुसको केन्द्रीय समितिको निर्णयबमोजिम सबै स्थानीय तहमा कांग्रेसले विरोध र्‍याली र विरोधसभा गर्ने कार्यक्रम राखेको थियो । 

कांग्रेसले यसअघि २५ पुसमा सातै प्रदेशका ३३० वटा प्रादेशिक निर्वाचन क्षेत्रका मुकामहरूबाट विरोध गरेको थियो भने १३ पुसमा १६५ वटै संसदीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको थियो । कांग्रेसले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध विरोध कार्यक्रम र सभा आयोजना गरेको जनाएको छ ।

सिन्धुलिको नौ स्थानिय तहमध्य कमलामाई नगरपालिकाको सदरमुकाम सिन्धुलीमाढीमा, मरिण गाँउपालिकाको कपिलाकोट छापमा, घ्याङलेख गाँउपालिकाको चौकीटारमा, हरिहरपुरगढी गाँउपालिकाको झनझनेमा, सुनकोसी गाँउपालिकाको मझुवामा, गोलन्जोर गाँउपालिकाको खुर्कोटमा, तीनपाटन गाँउपालिकाको चकमकेमा, फिक्कल गाँउपालिकाको खाङसाङबेसीमा र दुधौली नगरपालिकाको हर्षाही भताईमा बिरोध कार्यक्रम आयोजना गरिएको हो ।

जिल्लाको पालिकास्तरिय बिरोध सभामा केन्द्रिय पदाधिकारी, जिल्लास्तरिय नेता तथा सभापती र स्थानीय तह अन्तर्गतका पार्टीका नेता, भातृ संगठन प्रमुख तथा प्रतिनिधि र शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गरेका छन ।

नेपाली काङ्ग्रेस गोलन्जोर गाउँपालिकाका सभापती मोतिराज सापकोटाको अध्यक्षतामा गोलन्जोरको खुर्कोटमा सम्पन्न भएको बिरोधसभामा बोल्दै काङ्ग्रेस महासमिति सदस्य तथा कार्यक्रममा प्रमुख अतिथी प्रेमचन्द्र दाहालले ‘संसद् विघटनको कार्यलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको जनाउदै, संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको उल्लेख गरे ।

उनले सरकारले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईहरू कत‌ै नबोलेको भन्दै अहिले पार्टीमा लेनदेन नमिलेपछि नौटन्की गरिरहेको जनाए ।

संसद बिघटन गर्नु असवैधानिक कदम भएको बताउँदै उनले यसको अन्तिम निर्णय गर्ने अधिकार अदालत भएकाले अदालतले गर्ने निर्णय कांग्रेसले स्वीकार गर्ने बताए । अदालतको फैसला नआउँदा सम्म भने कांग्रेसले चरणवद्ध आन्दोलन गरिरहने उनले बताए ।

कार्यक्रममा बोल्दै गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्किले ओली र प्रचण्ड–माधव पक्षधर नेकपाले कांग्रेसलाई प्रधानमन्त्रीको लोभ देखाउँदैमा कांग्रेस बहकिन नहुने बताउँदै उनले आफ्नो बिचार र सिंद्धान्तमा अडिक हुनुपर्ने धारणा राखे ।

‘बाबुराम, केपी, माधव, प्रचण्डले जे सुकै भनुन्’ उनले भने ‘कसैको बुई चढ्न र कसैलाई खसाल्ने कांग्रेसले जानेको छैन, जनताको मुद्धालाई लिएर अघि बढ्छौँ ।’ लोकतन्त्र, गणतन्त्र मान्ने नेताले आफैँले बनाएको संविधान मान्नुपर्ने बताउँदै नेकपाका नेतालाई लक्षित गर्दै उनले भने ‘प्रजातन्त्रीक परिपाटी मान्ने नेताले अदालतको फैसला मान्नुपर्छ ।’

कार्यक्रममा नेपाली काङ्ग्रेस सिन्धुलिका पुर्व-कोषाध्यक्ष शरदप्रसाद आचार्य लगायत पार्टिका प्रतिनिधी, भातृसंघ संगठनका प्रमुख तथा प्रतिनिधी, शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिले कार्यक्रममा आफ्नो धारणा राखेका हुन ।

कार्यक्रममा कम्युनिस्ट पार्टीले जनतालाई झुटो आश्वासन बाँडेर भ्रम छरेको बताउँदै गोलन्जोर गाउँपालिकाका विभिन्न वडाका २३ जनाले नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन । नबप्रबेशिले गोलन्जोर गाउँपालिकाले समुदाय स्तरमा जनभावना अनुरुप काम गरेको र पार्टिको काम गर्ने तौरतरिका मनपरेकाले काङ्ग्रेसमा प्रबेश गरेको ध्रुव परियारले बताए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार १७:५०

प्रतिक्रिया दिनुहोस्