सिन्धुली – प्रतिनिधि सभा विघटनविरुद्ध सिन्धुलीका ७९ वटै वडामा नेपाली कांग्रेसले बिहिबार बिरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, ३ माघमा ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने र ८ माघमा स्थानीय तहको ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने निर्णय थियो ।
जस अन्तर्गत सिन्धुलिको २ नगरपालिका र ७ गाउँपालिका भित्र पर्ने ७९ वटा वडामा कांग्रेसले एकसाथ बिहिबार बिरोध सभा र प्रदर्शन गरेको हो । नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध कांग्रेसले तिन चरणको बिरोध सभामा बिहिबार सबै वडामा प्रदर्शन गरेको हो ।
देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिव्यक्त गरेको नेपाली काङ्ग्रेस सिन्धुलीले जनाएको छ । साथै सिन्धुलिको ७९ वटा वडामा भएको बिरोधसभा तथा प्रदर्शनमा नेकपा तथा अन्य पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा १ हजार नौ सय सन्तानब्बे जना प्रबेश गरेका छन ।
पार्टीमा प्रबेश गर्दै नबप्रबेशिले विगतको निर्वाचनमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएर झण्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको भन्दै असन्तुष्टि जनाएका छन ।
कोभिड-१९ को महामारीले जनता सर्वाधिक पीडामा रहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको सरकार जनताका जनजीविका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुँदै आफ्नो पद र शक्तिका लागि सत्ता संघर्षमा केन्द्रित रहेको र पछिल्ला घटना क्रमले कम्युनिस्ट पार्टी र सरकार देश र जनताको हितमा सत्ता सञ्चालन गर्न अक्षम र जनताप्रति गैर जिम्मेवार र अनुत्तरदायी रहेको बताउदै नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुपरेको नबप्रबेशिले बताएका हुन ।