पशुपतिमा पुजा गर्दैमा ओलिले अपराधबाट उन्मुक्ति पाउदैनन

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रतिगमनविरुद्धको शान्तिपूर्ण प्रदर्शनका क्रममा नागरिक समाजमाथिको दमनका लागि माफी माग्न सरकारलाई आग्रह गरेका छन् ।

नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताप्रति गरेको अपराधबाट पशुपतिनाथ मन्दिरमा पूजा गर्दैमा उन्मुक्ति नपाउने टिप्पणी गरेका छन् ।

संसद् विघटन गराएका प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्वलन गर्दै विशेष पूजा गरेकै दिन सोमबार दिउँसो शान्तिपूर्ण आन्दोलन गरिरहेका नागरिक अभियन्ताविरुद्ध प्रहरीले पानीको फोहरा र लाठी बर्साएको थियो । जसबाट १२ जनाभन्दा बढी नागरिक अगुवा घाइते भएका छन् । उपचार जारी छ ।

यसैलाई इंगित गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् ।

‘देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भत्र्सना जति गरे पनि पुग्दैन,’ नेता कोइरालाले लेखेका छन्, ‘त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिस्ट शब्दकोशको आत्मालोचनाबाट नै ।’

उनले भनेका छन्, ‘सरकार, नागरिक समाजसँग क्षमा माग ।’

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार १०:४३

प्रतिक्रिया दिनुहोस्