हरेक प्रतिगामी शासक अन्तिममा यसैगरी बर्बराउछन- पौडेल

काठमाडौ – नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र लोकतान्त्रीक संविधानको रक्षाका लागि हुने आन्दोलनमा आफू सदैब अघिल्लो मोर्चामा हुने बताउनु भएको छ ।

सामाजिक संजालमा ट्विट गर्दै मंगलबार वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि हुने आन्दोलनमा आफू अग्रमोर्चामा रहने उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको उल्लेख गर्नुभयो ।

उहाँले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरि बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ उहाँले- भन्नुभयो ।’

सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरि दमनमा उत्रने गरेको उल्लेख गर्दै, सोमवार प्रबुद्ध नागरिकमाथिको प्रहार अस्वीकार्य भएको बताउनुभयो ।

उहाँले उक्त दमनले नागरिकलाई थप उर्जा प्रदान गरेको र अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा आफ्नो एक्यवद्धता रहेको बताउनुभयो ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार १३:४२

प्रतिक्रिया दिनुहोस्