सिन्धुलिमा पहिलो दिन कोरोनाबिरुद्धको खोप ५२ जनाले लगाए

सिन्धुली – सिन्धुलिमा बुधबारबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलादकुमार पोखरेललाई खोप लगाएर जिल्लामा खोप अभियान सुरु गरिएको हो ।

जिल्लाको नौ वटै स्थानीय तहका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स चालक, सरसफाई कर्मचारी शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी सहित १ हजार ६ सय ९२ जनाले पहिलो चरण अन्तर्गत खोप लगाउने कार्य अघि बढेको विकास समितिका अध्यक्ष पोखरेलले अंकपत्रलाइ बताए ।

कोभिड– १९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरूका लागि खोप लगाउन सुरु गरिएको हो।जिल्लामा पहिलो खोप लगाएका अस्पताल बिकास समितिका अध्यक्ष पोखरेलले खोप लगाएपछि आफूलाई केही पनि असर नदेखिएको भन्दै सुरक्षित भएर खोप लगाउन आग्रह गरे । 

सिन्धुलिमा पहिलो दिन ५२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन । पहिलो चरणमा खोप लगाएका जिल्लाका स्वास्थ्यकर्मीहरूले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् ।

स्वास्थ्य कार्यालयले ३ जना खोप कर्मचारी खटाएर दैनिक ३ सयका दरले खोप लगाउने गरि ५ दिनको कार्य तालिका बनाएको छ । जिल्ला खोप समितिको माघ १३ गते बसेको बैठकको निर्णय अनुसार खोप लगाउन सुरु गरिएको हो । जिल्लामा पहिलो चरणमा १ हजार ६ सय ९२ खोप आबस्यक्ता भएको र सोही अनुसार माग भएको भएपनी १ हजार ५ सय मात्रै खोप आएको अस्पताल बिकास समितिले जनाएको छ ।

खोप लगाउँदा समस्या आउन सक्ने भएकाले आधाघण्टा स्वास्थ्यकर्मीकै निगरानीमा बस्नका लागि अस्पताल परिसरमै आराम कक्षको समेत व्यवस्था गरिएको छ । कसैलाई समस्या आएमा निःशुल्क उपचारका लागि स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार ०९:३०

प्रतिक्रिया दिनुहोस्