लोकतान्त्रिक ब्यबस्था खतरामा पर्यो- पुर्वमन्त्री एन.पी साउद

सिन्धुली – प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १३ भ्रातृसंस्थाहरूले सिन्धुलीमा प्रदर्शन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार भातृसंस्थाले संयुक्त रूपमा विरोधसभा गरेका हुन् ।  

कांग्रेसको यो तेस्रो चरणको पहिलो कार्यक्रम हो । यसअघिका दुई चरणका आन्दोलनमा कांग्रेस आफैले आन्दोलनको नेतृत्व गरेकोमा यो चरणमा भ्रातृसंस्थाहरूलाई एकजुट भएर अगाडि जान आह्वान गरिएको थियो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाईमंत्री एन पी साउदको प्रमुख आतिथ्यतामा सिन्धुलिमा बिरोधसभा सम्पन्न भएको हो । बिरोधसभामा बोल्दै प्रमुख अतिथि साउदले सरकारले चरण भ्रष्टाचार गरेको र भ्रष्टाचारलाई बढावा दिएको तथा जनसरोकारका विषयमासमेत उदासीनता देखाएको आरोप लगाउनुभयो ।

वर्तमान कम्युनिस्ट सरकारले एकपछि अर्को असंबैधानिक कदम चाल्न उद्धत रहेको बताउँदै जनताका अधिकारहरु कुण्ठित हुँदै लोकतान्त्रिक व्यवस्था नै खतरामा पर्दै गएको साउदले टिप्पणी गर्नुभयो ।

सभामा संविधानसभा सदस्य तथा नेपाली काङ्ग्रेस सिन्धुलिका पुर्वसभापति मोहनप्रसाद बरालले ओली नेतृत्वको वर्तमान सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर व्यवस्थापिका संसदको अवसान गराएको जिकिर गर्नुभयो ।

इतिहासमा यदाकदा यस्तो दुःखद अवस्था आएको स्मरण गराउँदै गलत कदमलाई सच्याउँदै संविधानको रक्षा गर्ने काममा न्यायपालिकालाई कांग्रेसले विश्वास गरेको बरालले बताउनुभयो । बिरोधसभामा नेपाली काङ्ग्रेस सिन्धुलिका सभापती उज्वलप्रसाद बरालले यो सरकार आम उत्पीडित महिला, श्रमिक, युवा तथा बिद्यार्थी वर्गको अधिकारका विरुद्ध रहेकोले यसका विरुद्ध आम नागरिकहरु सडकमा उत्रिएर आन्दोलनको मोर्चामा होमिन बाध्य रहेको उल्लेख गर्नुभयो ।

सभापती बरालले आम कांग्रेसले न्यायपालिका माथि विश्वास गरेको हुनाले स्वतन्त्र न्यायपालिकाले संविधानको रक्षाका लागि स्वतन्त्रतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।

महिला संघकि सभापती गङ्गा दाहालको अध्यक्षतामा सम्पन्न बिरोधसभामा तरुणदल सचिब बिष्णु कार्किले कार्यक्रम संचालन गरेका हुन भने कार्यक्रममा स्वागत दलित संघका सभापती नारायण दियालिले गरेका हुन । कार्यक्रममा नेपाल बिद्यार्थी संघका सभापती उत्पल खड्का, नेपाल मगर संघ सिन्धुलिका सभापती यमबहादुर जर्घामगर लगायतले सम्बोधन गरेका थिए ।

बिरोधसभा पार्टी कार्यालयबाट जुलुस शुरु भइ दुईनम्बर बजार हुँदै लोकतान्त्रिक चौरमा आइ कोटसभामा परिणत भएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १७:१९

प्रतिक्रिया दिनुहोस्