आम हड्ताल नगर्न गृहको निर्देशन [बिज्ञप्ति सहित]

काठमाडौँ : गृह मन्त्रालयले नेकपा (दाहाल-नेपाल समूह)ले बिहीबार देशव्यापी आमहडताल आव्हान गरिएको भन्दै सार्वजिनक गरिएको विज्ञप्तिप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ति निकालेर नेपालको संविधान तथा प्रचलित कानुनविपरीत शान्ति सुरक्षामा खलल पुग्‍ने काम भए कानुनअुनरुप कारबाही गर्न बाध्य भएको उल्लेख गरेका छन् ।

‘शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जवरजस्तीलगायतका अवाञ्‍छित  गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

मन्त्रालयले दैनिक रूपमा  सञ्‍चालित उद्योग, पेशा, व्यवसाय सञ्‍चालनमा कुनै बाधा अवरोध  पुग्‍न नदिनेगरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने पनि विज्ञप्तिमा उल्लेख गरेको छ । 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार २१:५५

प्रतिक्रिया दिनुहोस्