ओलिपक्ष र माधब प्रचण्ड पक्षबिच सिन्धुलीको शान्तिनगरमा मुडभेट

सिन्धुली – सिन्धुलिको कमलामाइ नगरपालिका ६ शान्तिनगर चौकमा केपि ओलि समुह र माधब-प्रचण्ड समुहबिच झडप भएको छ ।

दुई नम्बर बजार हुँदै ढुङ्ग्रेबास मोटरसाइकलमा जाँदै गरेका केपि ओलि पक्षका केन्द्रिय सदस्य शान्तिमान कार्कीलगायतका नेता कार्यकर्तालाइ माधब प्रचण्ड पक्षका आन्दोलनकारीले हातपात गरेपछी दुई पक्षबिच झडप भएको हो ।

हातपातमा संलग्न नेता कार्यकर्तालाई तत्काल पक्राउ गर्न केपी ओलि पक्षका नेताको माग रहेको छ भने प्रदर्शनकारिले शान्तिपुर्ण आह्वान गरिएको बन्दमा उच्छृङ्खल गतिबिधी गर्नेलाइ माधब प्रचण्ड पक्षले कारबाहिको माग गरेको छ ।

सिन्धुलिको शान्तिनगर चौकमा दुबै पक्षका नेता कार्यकर्ता भेला भैरहेको र तनाबग्रस्त मुठभेटको स्थिती सृजना भएको छ । मुठभेट हुन नदिन जनपथ र सशस्त्र प्रहरी प्रसस्त तैनाथ गरिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलिले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार १२:२३

प्रतिक्रिया दिनुहोस्