सिन्धुली – गोलन्जोर गाउँपालिका -४ टाडिबिमिरेमा घरमा काम गरिरहेकी घरमुलिलाइ कालो पट्टि बानेर हातखुट्टा बाधी तिनजनाको समुहले दिउसै लुटपाट गरेका छन ।
घरमा काम गरिरहेकी घरमुली यमकुमारी ठकुरिलाइ हातखुट्टा बाधेर आखामा कालोपट्टि बाधी घरको दराजमा भएको गरगहना, रेडियो उक्त समुहले लुटपाट गरेको गोलन्जोर गाउँपालिकाका प्रबक्ता दौलत कार्किले बताए ।
घरमुली यमकुमारी ठकुरी अझै अचेत अबस्थामा रहेकाले के कति सरसामान चोरी भयो भने यकिन हुन नसकेको ग्वाल्टार प्रहरी चौकिका हवल्दार गम्भीर लामा तामाङले बताए । लुटपाटमा संलग्न फिक्कल गाउँपालिका -४ खाङसाङ्गका रत्नबहादुर लुम्रेमगरलाइ हवल्दार गम्भीर लामा तामाङको नेतृत्वमा खटिएको टोलिले ग्वाल्टार- बितिजोर- तिनकन्या सडकमा मोटरसाइकलमा भाग्दै गर्दा पक्राउ गरेको छ ।
आरोपित लुम्रेमगर प्रदेश ०२-०२-००३ प ४४६४ नम्बरको बजाज मोटरसाइकलमा भाग्दै गरेको अबस्थामा पक्राउ गरिएको हवल्दार तामाङले बताए ।
साथै लुटपाटमा संलग्न अन्य दुई गोलन्जोर गाउँपालिका -४ का रामबहादुर आलेमगर र हिमगङ्गा गाउँपालिका -४ रामेछापका श्याम तामाङलाई गोलन्जोर गाउँपालिका तिनकन्यामा स्थानियले पक्राउ गरि इलाका प्रहरी कार्यालय खुर्कोटमा बुझाउन ल्याउदै गरेको प्रहरी कार्यालयका प्रहरी निरीक्षक शान्ता वाइबाले बताइन् ।
घरको सदस्यलाइ घरमा बाधेर लुटपाट भएको स्थानियले प्रहरी चौकी ग्वाल्टारलाइ जानकारी गराएपछी तत्काल प्रहरी परिचालन गरि लुटपाटमा संलग्नलाइ पक्राउ गर्न सफल भइएको प्रहरी निरीक्षक वाइबाले बताइन ।









