गोलन्जोर गाउँपालिका -१ कि देबकी नेपाली घरबाट निस्केको चारदिनपछी सुनकोशी नदिको किनारमा मृत अबस्थामा भेटिएकि छिन ।
घरमा सामान्य झगडा भएपछी आफ्ना सन्तान एक छोरी र एक छोराको साथमा घरबाट निस्किएकी देबकी नेपालि सुनकोशी नदिमा डुबेर मृत अबस्थामा भेटिएको स्थानियले बताएका हुन ।
देबकी शुक्रबार साझ आफ्ना दुई सन्तानलाई लिएर घरबाट निस्किएकी थिइन । घरबाट निस्किएको चारदिनपछी उनको शव सुनकोशी नदिको किनारमा आइतबार दिउँसो भेटिएको स्थानिय गौरब कार्किले बताए ।
देबकीले आफ्नो साथमा सङ्गै लिएर घरबाट निस्किएकी बर्ष १३ कि छोरी शुस्मिता नेपाली र बर्ष ८ का छोरा सुजन नेपाली भने अझै बेपत्ता छन । यद्यपि, उनिहरुले लगाएर हिडेको तिनै जोर चप्पल नदिको किनारमा एकैठाउ भेटिएको छ ।
तिनैजनाको चप्पल कोशिकिनारमा भेटिएको हुनाले दुई सन्तान सहित देवकि नेपाली कोशिमा हेलिएको अनुमान छ । दुई सन्तान सुजन र सुस्मिताको खोजी कार्य भइरहेको प्रहरि चौकी ग्वाल्टारले जनाएको छ ।
यता मृत अबस्थामा भेटिएकि देबकी नेपालिको भने पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको अस्पतालले जनाएको छ ।









