पत्रकार महासंघ सिन्धुलिको पन्ध्रौं साधारणसभा सम्पन्न [फोटोफिचर]

सिन्धुली – नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको १५ औं साधारणसभा तथा ११ औं अधिबेशन बिहिबार सिन्धुलिमाढिमा सम्पन्न भएको छ ।

महासंघले साधारणसभाको अवसरमा सिन्धुलिको भुमिमा जन्मीएर नेपाली पत्रकारिताको जगतमा महत्वपुर्ण योगदान पुर्याउने वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व सभापतिद्धय हरिहर विरही, डा. सुरेश आचार्य र नेपाल अादिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघिय अध्यक्ष डण्ड गुरुङ्गलाई सम्मान गरेको छ ।

सिन्धुलिमा जन्मिएर सिंगो पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भनी महासंघले तीन अग्रज पत्रकारलाइ सम्मान गरेको हो ।

त्यस्तै महासंघले साधारण सभाको अबसरमा सिन्धुली शाखाका पुर्वसभापती तथा पत्रकार महासंघका केन्द्रिय सदस्य द्वारिका काफ्ले, पत्रकार महासंघ बागमती प्रदेशका सचिब राजन गाउले, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कि प्रदेश उपाध्यक्ष अञ्जु डिम्दोङलाई समेत सम्मान गरेको छ ।

महासंघले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका सस्थापक शेषराज दाहाल लगायत जिल्ला शाखाका पुर्व-सभापतीहरु, जिल्ला शाखा सिन्धुलिलाई विभिन्न समयमा आर्थिक तथा भौतिक सहयोग गर्ने पत्रकार महासंघ बागमती प्रदेशका सभापतीका प्रत्यासी गिरिजा अधिकारी, समाजसेवी उज्वलबिक्रम थापा, कमलामाइ नगरपालिकाको कार्यालय, नेपाल रेडक्रस सोसाइटी, सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुली र प्याब्सन सिन्धुलिलाइ समेत कदरपत्रद्वारा सम्मान गरेको छ ।

सामुदायिक रेडियो प्रसारक संघ अकोराबका केन्द्रिय सदस्य टीकाजंग थापा, बागमती प्रदेशका संयोजक कृष्णहरि घिमिरेलाइ समेत महासंघले कदर-पत्र द्वारा सम्मान गरेको छ भने कृयाशिल महिला पत्रकारिता पुरस्कारबाट सरला सुनुवार र सुजल पत्रकारिता पुरस्कारबाट कृन्जला पुलामीलाई पुरस्कृत गरेको छ ।

जिल्लाको पत्रकारिता क्षेत्रमा प्रबेश गरी सक्रियता जनाएको भन्दै दुई पत्रकारलाई पुरस्कृत गरिएको महासंघ शाखाका सभापती होमकुमार कार्की (राजन)ले बताए । नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिब रमेश बिष्टको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार १०:५९

प्रतिक्रिया दिनुहोस्