सिन्धुली – नेपाल शिक्षक संघ सिन्धुलिको तीन गाउँपालिका स्तरिय सयुक्त स्थानिय प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ । नेपाल शिक्षक संघ फिक्कल, गोलन्जोर र सुनकोशीको सयुक्त स्थानिय प्रतिनिधि सभा गोलन्जोर गाउँपालिकाको बलेनिमा सम्पन्न भएको हो ।
प्रतिनिधि सभाको अबसरमा तीन गाउँपालिका भित्रका अन्तर बिधालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता, हाडिफोर प्रतियोगिता र महिला शिक्षिकाको सहभागितामा म्युजिकल चियर प्रतियोगिता आयोजना गरिएको छ ।

हाडीफोर प्रतियोगितामा नेपाल शिक्षक संघ सुनकोशी गाउँपालिकाका अध्यक्ष तथा गणेश माबी थापाथुम्काका शिक्षक बिमल पौडेल बिजयी भएका छन ।
त्यस्तै महिला शिक्षिकाहरुको सहभागीतामा आयोजना गरिएको म्युजिकल चियर प्रतियोगितामा माबी खाङ्साङकि शिक्षिका उर्मिला बास्तोला प्रथम, चन्द्रावती माबी बेलघारिकी लक्ष्मी पोखरेल द्वितीय र सुनकोशी गाउँपालिकाकि शिक्षिका अबरा भट्टराई तृतीय भएका छन ।

स्थानिय प्रतिनिधि सभाको अबसरमा आयोजना गरिएको हाजिरिजवाफ प्रतियोगितामा सुनकोशी गाउँपालिका प्रथम, फिक्कल गाउँपालिका द्वितीय र गोलन्जोर गाउँपालिका तृतीय भएका छन । प्रतियोगिताका बिजेतालाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको छ ।
नेपाल शिक्षक संघका संघिय उपाध्यक्ष प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्य तथा शिक्षक संघ गोलन्जोर गाउँपालिकाका अध्यक्ष निलप्रसाद पौडेलको अध्यक्षतामा स्थानिय प्रतिनिधि सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी तथा संघिय उपाध्यक्ष प्रेमप्रसाद भट्टराईले स्थानिय प्रतिनिधि सभामा बोल्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुमा त्यहाँ अध्यापन गर्ने शिक्षकहरू बढी आलोचित हुने गरेको तीतो यथार्थ रहेको उल्लेख गरेका छन ।
तर यसको दोष शिक्षकलाई मात्र दिनु अन्याय भएको बताउदै भट्टराईले भने, ‘सामुदायिक विद्यालयको खस्किँदो गुणस्तरका निम्ति शिक्षक मात्र जिम्मेवार छैनन्, राज्यको शिक्षा नीति नै जिम्मेवार देखिन्छ । कार्यक्रममा काङ्ग्रेस नेता नरेन्द्रजंग थापा, गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की लगायतले आफ्नो धारणा राखेका थिए ।
नेपाल शिक्षक संघका अध्यक्ष अरुणकुमार थिङका अनुसार बाकी ६ स्थानिय तह सहितको स्थानिय प्रतिनिधि सभा कमलामाइ नगरपालिका -८ को माइस्थानमा आउदो आठ गते आयोजना गरिने छ ।









