सिन्धुली : नेपाली कांग्रेस सिन्धुलीले पार्टीको संगठन सुदृढीकरणको सय दिने अभियान सुरू गरेको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले सिन्धुलीमा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रतिमा गौतमलाई खटाएको छ । अभियानका लागि सिन्धुली कांग्रेसले पूर्वसभापति महासमिति, महाधिवेशन प्रतिनिधि, जिल्लाका पदाधिकारी तथा सदस्य समेतलाई ९ स्थानीय तहका ७९ वटै वडाका लागि प्रतिनिधि खटाएको नेपाली […]
‘सडक’ बचाउने अभियान: मैले त शुरु गरे तपाइँले नि ?
सिन्धुली – हाल विद्यमान सार्वजनिक सडक ऐनको प्रावधान अनुसार सडकहरुलाई मूलत: राजमार्ग, सहायक राजमार्ग, जिल्ला मार्ग र शहरी सडक गरी चार भागमा बाँडिएको छ । कानुनले ती सडकहरुको राइट अफ वे अर्थात बीच भागबाट दायाँ र बायाँ कति दुरी खाली रहनुपर्ने भनी तोक्ने अधिकार सरकारलाई दिएको छ । हुन त सबै राजमार्गको एकै किसिमको सीमा […]
दूध उत्पादनमा सिन्धुलीलाई नमूना बनाउने अभियान
सिन्धुली – कमलामाई नगरपालिका–५ का भोला अधिकारीको पुर्ख्यौली पेसा गाई तथा भैँसीपालन हो । उनका हजुरबुबाको पालादेखि नै गोठमा चारपाँच वटा गाईभैँसी टुटेनन् । “हाम्रो निर्वाहमुखी पशुपालन हो । दूध खानलाई पाल्दै आएका हौँ । बढी भएको दुईचार लिटर बिक्री गर्थ्यौं,” उनी भन्छ न्। तर अब अधिकारीले पशुपालनमा फड्को मारेका छन् । धेरै दूध दिने पशु […]
प्रजातन्त्र सेनानी संघ सिन्धुलीको अध्यक्षमा भट्टराई
सिन्धुली – नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ सिन्धुलीको अध्यक्षमा बाबुराम भट्टराई चयन भएका छन् । संघको सिन्धुलीमाढीमा मंगलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्टराईसहित सिंगो कार्यसमिति र प्रदेश तथा संघीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा उत्तरकुमार अधिकारी, सचिवमा बिष्णु प्रसाद अधिकारी, सह सचिवमा रामबाबु थापा, कोषाध्यक्षमा मात्रीका ढकाल सदस्यहरुमा शम्भु प्रसाद […]
सिन्धुलीमा झण्डै ४० हजारलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै
सिन्धुली – भोलीबाट राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम शुरु हुँदैछ । यस कार्यक्रम अन्तर्गत पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । भिटामिन ‘ए’ ६ महीनादेखि माथि उमेर समुहकालाई खुवाइन्छ भने जुकाको औषधि एक वर्षदेखि पाँच वर्षमुनिकालाई खुवाउने गरिन्छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीले कार्तिक २ र ३ गते आफ्ना बच्चाहरुलाई नजिकैको स्वास्थ्य संस्था […]