सिन्धुली – सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल तरुण दल सिन्धुलीद्वारा आइतबार सिन्धुलीमाढीमा आयोजित ‘तीज विशेष दर खाने तथा माइती मिलन कार्यक्रम’ को अवसरमा सहभागी वक्ताहरूले सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्वलाई पनि […]
जमिन धाजा परेपछि सिङ्गो हायुबस्ती जोखिममा
सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिका–१ कोप्चे सिम्ले गाउँमा जमिन धाजा परेपछी सिङ्गो हायुबस्ती जोखिममा परेको छ । जमिन धाजा परेपछि उक्त समुदायको १५ हायु परिवार जोखिममा परेका हुन । निरन्तर आएको अविरल वर्षाका कारण उक्त समुदायका पन्ध्र हायु परिवारको जनजिबन प्रभाबित बनेको कमलामाइ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सागर कुमार ढकालले जानकारी दिनुभयो । […]
धुराबजारमा डेरा गरि बस्ने ७४ बर्षिया मगर मृत फेला
सिन्धुली – सिन्धुलीमाढी स्थित ग्वाङ्खोला किनारमा एक पुरुष सोमबार दिउसो मृत अबस्थामा फेला परेका छन । कमलामाइ नगरपालिका -६ धुराबजारमा डेरा गरि बस्ने बर्ष ७५ का टेकबहादुर मगर मृत अबस्थामा फेला परेको वडा नम्बर -६ का वडाध्यक्ष उज्ज्वल कुमार थापाले अंकपत्रलाई बताए । सौच बस्दा उनको मृत्यु भएको जस्तो घटनाको प्रकृति देखिएको वडाध्यक्ष थापाले जानकारी दिए […]
कपिलाकोटमा खोलाले बगाएर एक युबकको मृत्यु
सिन्धुली – जिल्लाको मरिण गाउँपालिका दधिदमारमा खोलाले बगाएर एक युबकको मृत्यु भएको छ । मरिण गाउँपालिकास्थित चुनिया खोलाले आइतबार दिउँसो दुई बजेको समयमा बाख्रा चराउन गएका मरिण गाउँपालिका -७ का बर्ष २८ का ज्ञानबहादुर भोलनको खोलाले बगाइ मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । खोलाले बगाइ मानिस मृत अबस्थामा […]
सुनकोशीमा खसेको हाइलेक्स भेटियो, यात्रु अझै बेपत्ता
सिन्धुली – सुनकोशी नदीमा खसेको गाडी भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेका अनुसार सुनकोशीमा खसेको गाडी बिहान २ बजे गोताखोरले झिकेको हो । उक्त गाडी अहिले नदी किनारमा राखिएको छ । शनिबार खोटाङको हलेसीबाट भक्तपुर जादै गरेको प्रदेश ३-०१-०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका-१ कुडुलेस्थित मध्यपहाडी लोकमार्ग […]