सिन्धुली – सिन्धुलीको मदनभण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–४ कमलाखोँचमा बुधबार विहान भएको सडक दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ ।काठमाडौँबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको पिकअपले ठक्कर दिँदा दुधौली–१ गिचिहानीका ६० वर्षीय मोहन धामीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्र.१–०२–००२ च ५४२५ नम्बरको पिकअप गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा धामी गम्भिर घाईते भएका थिए । घाईते भएका धामीलाई उपचारका लागि नगर अस्पताल सिथौँली लगिएको थियो । अस्पतालका चिकित्सकले उनको मृत्यु भएको जानकारी गराएका हुन ।
घटनापछि सवारी साधन र चालक झापाको सिवसतासी नगरपालिका–७ का २९ वर्षीय अबिसेक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









