४१ लाख ६३ हजार बराबरको अबैध सामान सिन्धुलीमा बरामद

सिन्धुली – अवैध रूपमा भन्सार छली गरी भित्राइएको ४१ लाख ६३ हजार ६४० रुपैयाँ बराबरको सामान भिमान प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार बिहिबार राती ९ बजेको समयमा बर्दीबासबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.२-०४-००१ ख ००६१ नं.को प्याज लोड भएको ट्रकबाट उक्त अबैध सामान बरामद गरेको हो ।

उक्त ट्रकबाट प्याजको भन्सार गरी अबैध रुपमा प्याजको बोराले घेरी लुकाई छिपाई राखिएको अवस्थामा विल नभएको भारतिय तथा ईटालियन थान कपडा फेला पारिएको प्रहरीले जनाएको छ ।

संकास्पद ट्रकको जाँच गर्दा बिल बिजक नभएका भन्सार छली गरी नेपाल भित्र्याइएका सामान बरामद गरिएको हो ।प्रहरीले बिल नभएको ४ लाख ८० हजार मूल्य बराबरको प्याज २३० बोरा, पुनित कम्पनिको सुतीको सटको थान कपडा ४ लाख ५० हजार मूल्य बराबरको ४९ रोल (८१०मि.), डोनातेला कम्पनिको सुतीको सुट थान कपडा ७ लाख ५७ हजार ६४० मूल्य बराबरको २० रोल (२७०.५५मि.) सामान बरामद गरिएको हो ।

त्यस्तै उक्त ट्रकबाट भिमल कम्पनिको सुतीको सुट थान कपडा ४ लाख ७६ हजार मूल्य बराबरको ३० रोल (३४०.६मि.) र उक्त गाडिको मूल्य जम्मा मुल्य २० लाख गरि
जम्मा ४१ लाख ६३ हजार ६४० रुपैयाँ बराबरको सामन बरामद प्रहरीले बरामद गरेको हो ।

कमलामाई नगरपालिका ९ भिमान चेकपोष्ट स्थित वि.पि. राजमार्गमा इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरिक्षक राजु के.सी. खत्रीको कमाण्डमा खटिएको टोलिले बरामद गरेको उक्त अबैध सामान जिल्ला प्रहरी कार्यालयमा पठाइएको र आबस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुष २०८२, शुक्रबार १२:१८

प्रतिक्रिया दिनुहोस्