११ माघ, काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ । करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त […]
सबभन्दा मूर्ख र अभागी लोग्ने !
दुई बजिसक्यो, तर प्रवोधलाई निद्रा लागेन। छेवैमा पत्नी विणा आनन्दको निद्रामा छिन्। प्रवोधले सोचे, सायद मेरो बा र आमाको सम्बन्ध हाम्रोजस्तै सुमधुर भएको भए आमा पनि बाको छेवैमा यसैगरी आनन्दले सुत्नुहुन्थ्यो होला! प्रवोधले उठेर बत्ती बाल्यो। मुख सुकिरहेको थियो। एक गिलास पानी खायो। प्रवोधको कोठामा एउटा ठूलो काठको दराज छ। दराजमाथि सबैभन्दा तल पुरानो रातो […]
सिन्धुलिमा बन्चरोले हानेर श्रीमतिको हत्या, श्रीमान फरार
सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ चिसापानीस्थित ४० वर्षीय पुरुषले आफ्नै पत्नीको हत्या गरी फरार भएको स्थानीयहरुले बताएका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ चिसापानीका वर्ष ४० का शेरबहादुर बुजुले आफ्नै श्रीमति ३६ वर्षीया राममाया घलानको बन्चरो प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता श्यामकुमार खत्रीका अनुसार गत शुक्रबार करिब रातको […]
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु
सिन्धुली – सिन्धुलीमा आज बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मुखियाको उपचारका क्रममा मृत्यु भएको हो । सिन्धुली हुँदै खुर्कोटतर्फ […]







