सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

सिन्धुली – सिन्धुलीमा आज बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मुखियाको उपचारका क्रममा मृत्यु भएको हो ।

सिन्धुली हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज१च १३५४ नंको बलेरो आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

बोलेरो चालक धनुषाका गोविन्दपुर–६ का अन्दाजी २२ वर्षीय सिजल यादव गम्भीर घाइते भएका छन् । उनको सिन्धुली अस्पताल उपचारपश्चात थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार २१:४०

प्रतिक्रिया दिनुहोस्