सिन्धुलिमा बन्चरोले हानेर श्रीमतिको हत्या, श्रीमान फरार

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ चिसापानीस्थित ४० वर्षीय पुरुषले आफ्नै पत्नीको हत्या गरी फरार भएको स्थानीयहरुले बताएका छन् ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ चिसापानीका वर्ष ४० का शेरबहादुर बुजुले आफ्नै श्रीमति ३६ वर्षीया राममाया घलानको बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता श्यामकुमार खत्रीका अनुसार गत शुक्रबार करिब रातको ११ बजे बुजुले श्रीमति राममायाको टाउकोमा बन्चरोको पासोले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

‘गम्भीर घाइते राममायाँलाई तत्काल स्थानीयको पहलमा उपचारका लागि मकावनपुर जिल्लाको हेटौंडामा पठाइएको भए पनि उनको त्यहाँ उपचारका क्रममा शनिबार बिहान १० बजे मृत्यु भएको हो,’ खत्रीले भने ।

हत्यापछि बन्चरो प्रहार गर्ने शेरबहादुर फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार २२:१८

प्रतिक्रिया दिनुहोस्