१ फाल्गुन, सिन्धुली । सुनकोशी गाउँपालिका- ३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।
माओवादीबाट हाम्रो परिवार मात्रै टुटेन, सपना पनि टुट्यो
हाम्रो मध्यम वर्गीय परिवार हो । मेरो बुबाले रामेछाप गौरीशंकर उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएको हो । त्यो बिद्यालय त्यस क्षेत्रमा नाम चलेको विद्यालय हो । उहाँ २०३२ सालमा नेपाल विद्यार्थी संघको प्रमुख नेतामध्ये एक हुनुहुन्थ्यो । उहाँमा सानै बेलादेखि प्रजातन्त्र प्रति गहिरो निष्ठा थियो । त्यस समय बुबाले अध्ययन गर्ने विद्यालयको प्रध्यानाध्यापक चाहिं कम्युनिष्ट […]
तिमी गएपछी हो, यो छाती चिहान भएको
हिजो जस्तो लाग्छ हाम्रो चिनजान भएको ।तर, बर्षौ भइसकेछ हामी अन्जान भएको । मालीले कहिल्यै हेरबिचार गर्नु परेन हामीलाईयहि त मज्जा थियो तिमी फुल म बगान भएको । जहिले देखी तिमी यादहरुमा आउन थालेउत्यहीँबाट हो तिमी मेरि हौ भन्ने भान भएको । शब्दकोशका सयौं शब्द खर्चिनु परेन तिमिलाइ,‘प्रीया’ एउटै शब्द थियो तिम्रोलागी बयान भएको । […]
बीपी राजमार्गमा गाडी दुर्घटना: चालकको मृत्युु अन्य पाँच घाइते
२५ माघ, सिन्धुली । झापाबाट काठमाडौं जादै गरेको गाडी सिन्धुलीस्थित बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमाडी-खुर्कोट खण्डमा दुर्घटना भएको छ । बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको ईभी गाडी शुक्रबार बिहान दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी २६ वर्षीय चालक सुशान्त नेपालीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो । त्यस्तै […]








