सिन्धुली – दुधौली ८ खोर भञ्ज्याङ स्थित मदन भण्डारि राजमार्गमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मंगलबार बिहान ११:१५ को समयमा मदन भण्डारी राजमार्गमा कटारीबाट डकाहातर्फ आउदै गरेको BAB ०१८८ न. को कारले दुधौली ७ चिहानडाडा बस्ने गंगाराम सदाको छोरा अन्दाजी ९/१० बर्षको मन्देश सदालाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट बालकको बाँया खुट्टा, टाउको र शरीरको विभिन्न भागमा चोट लागेको र अबस्था गम्भीर भइ उपचारको लागि दुधौली नगर अस्पताल सिर्थौली लगिएकोमा उपचारको क्रममा मंगलबार बिहान १२:०५ को समयमा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनापछि कार चालक संखुवासभा जिल्ला चैनपुर न.पा १० बस्ने बर्ष ३४ का राम कुमार राईलाई इलाका प्रहरी कार्यालय डकाहाले नियन्त्रणमा लिएको छ ।