बैशाख ३० सिन्धुली – जिल्लाको फिक्कल गाउँपालिका ३ स्थित प्रकाशोदय माध्यमिक विधालय खुरहरि खोलागाउँमा अध्यनरत विद्यार्थीलाई मंगलबार शैक्षिक सामग्री वितरण गरिएको छ । एनसेल फाउन्डेसन नेपालको सहयोग तथा फिक्कल गाउँपालिका संगको समन्वयमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

विद्यार्थीहरूको न्यूनतम आवश्यकता पुरा गर्ने उद्देश्यले विद्यालयमा अध्यनरत ३०० जना बिद्यार्थीलाई स्कुल ब्याग तथा स्टेशनरी सामग्री वितरण गरिएको हो । विद्यालयमा अध्यनरत बिद्यार्थी मध्ये करिब ९० प्रतिशत बिद्यार्थी दलित समुदायबाट सहभागिता रहेको छ । उक्त सहयोगले बिद्यार्थीको पढाइमा प्रोत्साहन मिल्ने फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका बरालले सहयोगी संस्था एनसेल फाउन्डेसन परिवार साथै सहजिकरण गरि सहयोग गर्ने एन्सेल मार्केटिङ डिपार्टमेन्टका प्रतिनिधि श्रवण सिंह मिश्र, एनसेल सेल्स डिपार्टमेन्टका प्रतिनिधि प्रज्वल प्रजापती, स्थानिय सहयोगी शेखर सुरज मिश्र, प्रतिश मिश्र लगायतलाई धन्यवाद ज्ञापन गर्दै यस्ता सहयोगले बिद्यार्थीको मुहारमा खुशी भर्न सहयोग पुग्ने बताउनुभयो । साथै उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने समेत बताउनुभयो ।

गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो । यो सहयोगले विद्यार्थीहरूलाई शिक्षामा मद्दत गर्ने विश्वास हामिले लिएका छौं र साथै यसले शैक्षिक स्रोतको अभाव कम गर्न सहयोग पुग्दछ, ‘एनसेल मार्केटिङ डिपार्टमेन्टका प्रतिनिधि श्रवण सिंह मिश्रले भन्नुभयो ।










