सिन्धुली – हिन्दूहरूको महान् पर्व बडादसैँ आज घटस्थापनासँगै सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको प्रारम्भ आज बिहान ९:१३ बजे घटस्थापनाको साइतमा कलश स्थापना र जमरा रोपण गरि घटस्थापना पर्व शुरु हुने गर्दछ । नवरात्रभर दुर्गाका नौ रूप (नवदुर्गा) को पूजा आराधना गरिने परम्परा छ । हरेक बर्ष कमलामाई […]

समृद्धि र बिकास हाम्रै नेतृत्वमा सम्भब छ
सिन्धुली : नेपालको पछिल्लो परिवर्तित राजनीतिक अवस्थासँगै राजनीतिक स्थिरता र दिगो अर्थतन्त्रलाई लिएर सर्वस्त्र चिन्ता छ । दिगो बिकास हासिलका लागी संघर्षरत युवा शक्तीलाइ समेत निराशा तुल्याएको पछिल्ला घटनाक्रमले देखाउछ । नेपालमा जुन आन्दोलन भयो र त्यसले जुन परिवर्तन ल्यायो, त्यसलाई सकारात्मक रूपमा लिएका नेपाली नागरिकहरू आन्दोलनका क्रममा सरकारी भौतिक संरचना, निजी भवन, उद्योग, कलकारखाना तथा […]

सिन्धुलीका सीडीओले नै प्रशासनमा राख्न दिएनन राष्ट्रिय झण्डा
सिन्धुली – जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरेको थियो । राष्ट्रिय शोकमा आधा झण्डा झुकाउने निर्णय गृह मन्त्रालयले गरेको हो । तर गृहअन्तर्गतको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यस कुरालाई बेवास्ता गरेको छ । प्रशासनले झण्डा त झुकाएन नै आन्दोलनका समयमा च्यातिएको झण्डासमेत कसैले राखेन । राष्ट्रिय शोकमा झण्डा नझुकाएपछि […]

त्यसपछी शुरु भयो सिन्धुलीमा आगजनी र तोडफोड
सिन्धुली – मुलुकमा गाँजिदै गएको अनियमितता, भ्रष्टाचार, नातावाद-कृपावाद, सत्तामा बस्नेहरूले गरेको अनियमितता अन्त्यको मागसहित जेन–जीले सुरु गरेको आन्दोलन करिब ४८ घण्टा चल्यो । यसमा हालसम्मको जानकारी अनुसार करिब ३ दर्जन व्यक्तिले ज्यान गुमाए । आन्दोलनको क्रममा ज्यान गुमाउनेमा सिन्धुली पनि पर्यो । जिल्लाका प्रमुख प्रशासनिक केन्द्रहरू ध्वस्त भए । पार्टी कार्यालयहरु खरानी भए । ब्यक्तीका […]

सिन्धुलीमा पनि जेनजीको प्रदर्शन (तस्बिरहरु)
सिन्धुलीको लोकतान्त्रिक चौकमा पनि जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले आज प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार बढेको भन्दै जेनजीले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले जिल्लाको लोकतान्त्रिक चौकबाट दुई नम्बर बजार हुँदै जिल्ला प्रशासन कार्यालय अघिसम्म र्यालि आयोजना गरि पुनः लोकतान्त्रिक चौकमा पुगेर कोणसभा गरेको थियो । तस्बिरहरू: