कमलामाई नगरपालिकामा खाजा समयमा पनि सेवा प्रवाह नरोकिने

सिन्धुली – यहाँको कमलामाई नगरपालिकाले आफ्ना कार्यालय तथा मातहतका सबै निकायहरूमा सेवाग्राहीलाई दिइने सेवा खाजा समयमा समेत अवरुद्ध नहुने गरी निरन्तर सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

नगरपालिकाद्वारा प्रकाशित प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारीद्वारा हस्ताक्षरित सूचनामा सेवाग्राहीले कार्यालय समयमा जुन सुकै बेला सेवा लिन सक्ने वातावरण सुनिश्चित गरिएको उल्लेख गरिएको छ ।

यस कदमले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । सूचना अनुसार सम्बन्धित सबै कर्मचारीलाई सेवा अवरुद्ध नहुने गरी जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिइएको छ । उक्त सूचना २०८२ माघ १५ गते प्रकाशित गरिएको हो ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार ०६:५१

प्रतिक्रिया दिनुहोस्