सिन्धुली – सिन्धुलिमा बुधबारबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलादकुमार पोखरेललाई खोप लगाएर जिल्लामा खोप अभियान सुरु गरिएको हो । जिल्लाको नौ वटै स्थानीय तहका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स चालक, सरसफाई कर्मचारी शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी सहित १ हजार ६ सय ९२ जनाले पहिलो चरण अन्तर्गत खोप […]
बन्चरोले हानेर श्रीमति हत्या गरेका फरार अभियुक्त पक्राउ
सिन्धुली – आफ्नै श्रीमतिलाई बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -१ चिसापानीका शेरबहादुर बजुलाइ जिल्ला प्रहरी कार्यालय सिन्धुलिले मंगलबार दिउँसो पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहतबाट खटिएको टोलिले काभ्रेपलान्चोकको बनेपा नगरपालिका -४ भण्डारीगाउँ स्थित जंगलमा लुकिछिपी बसेको अबस्थामा अभियुक्त बजुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलिका प्रहरी […]
कांग्रेसले ११ भ्रातृ संगठनको म्याद ६ महिना थप्यो
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित ११ वटा भ्रातृ संगठनको म्याद थप गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघ, तरुण दलसहित ११ वटा भ्रातृ संगठनको म्याद ६ महिना थप गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार नेविसंघसहित नेपाल महिला संघ, नेपाल तरुण दल, […]
हरेक प्रतिगामी शासक अन्तिममा यसैगरी बर्बराउछन- पौडेल
काठमाडौ – नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र लोकतान्त्रीक संविधानको रक्षाका लागि हुने आन्दोलनमा आफू सदैब अघिल्लो मोर्चामा हुने बताउनु भएको छ । सामाजिक संजालमा ट्विट गर्दै मंगलबार वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि हुने आन्दोलनमा आफू अग्रमोर्चामा रहने उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज […]
ओली सरकारको तानाशाही चरित्र उदांगिएको छ – प्रकाशमान सिंह
काठमाडौँ – नागरिक आन्दोलनमा प्रहरीले गरेको हस्तक्षेपप्रति चौतर्फी आलोचना बढिरहेका बेला कांग्रेसका नेता प्रकाशमान सिंहले शान्तिपूर्ण प्रदर्शन समेत दबाउन खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली सरकारको तानाशाही चरित्र उदांगिएको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध मंगलबार बालुवाटारमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका लेखक, पत्रकार, साहित्यकारमाथि प्रहरीले पानीको फोहरा हानेको थियो । पानीको फोहरासँगै प्रहरीले केही प्रदर्शनकारीमाथि लाठी हानेको […]








