बन्चरोले हानेर श्रीमति हत्या गरेका फरार अभियुक्त पक्राउ

सिन्धुली – आफ्नै श्रीमतिलाई बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -१ चिसापानीका शेरबहादुर बजुलाइ जिल्ला प्रहरी कार्यालय सिन्धुलिले मंगलबार दिउँसो पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहतबाट खटिएको टोलिले काभ्रेपलान्चोकको बनेपा नगरपालिका -४ भण्डारीगाउँ स्थित जंगलमा लुकिछिपी बसेको अबस्थामा अभियुक्त बजुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलिका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताउनुभयो ।

गत शुक्रबार रातको ११ बजे बजुले श्रीमति राममाया घलान (बजु) को टाउकोमा बन्चरोको पासोले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

बन्चरोको पासोले प्रहार गरि अचेत अबस्थामा छोडिएकी राममाया घलानलाइ चुरे हिल अस्पताल मकवानपुरमा लगिएको र थप उपचारको लागि भरतपुर अस्पतालमा लैजाने क्रममा सोहिदिन उनको बाटैमा मृत्यु भएको उपरीक्षक तिम्सिनाले बताउनुभयो ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -३ चिसापानी घर भइ सोही ठाउँ ससुरालिमा बस्दै आएका बर्ष ४४ का शेरबहादुर बजुले घरमा सुतिरहेकी आफ्नै श्रीमति बर्ष ३६ कि राममाया घलानको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

घलानलाइ जिल्ला प्रहरी कार्यालयमा १० दिन म्याद थप गरि सोधपुछ भैरहेको र उनलाइ कानुन बमोजिम कारबाही हुने प्रहरी प्रमुख तिम्सिनाले बताउनुभयो ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार १७:५६

प्रतिक्रिया दिनुहोस्