सिन्धुली – गोलन्जोर गाउँपालिका -४ तिनकन्या माझकुभिण्डेका लोकबहादुर आलेमगर पेशाले शिक्षक पेशामा आबद्ध छन । शिक्षण समय भन्दा बाहेकको समय उनको जुनार बगैंचामा ब्यतित हुने भएकोले उनको अन्य पेशा अन्तर्गतको अर्को मुख्य पेशा हो जुनार खेती । उनले सिजनमा आफ्नो बगैंचाबाट उत्पादन भएको जुनार सुन्तला बिक्री बितरण नभएको खण्डमा अफसिजनमा बिक्री बितरणका लागी जुनार चिस्यान भण्डार […]
अर्थ
सुनकोशी-मरिन-डाइभर्सन आयोजनाद्वारा (एसइआइए) प्रस्ताब
सिन्धुली – सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले थप १४.०९ हेक्टर वन क्षेत्र आवश्यक परेको भन्दै पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (एसइआइए) प्रस्ताव गरेको छ। प्राविधिक कारणले आयोजनाको सर्ज ट्यांक र टेलरेसको स्थान परिवर्तन गर्नुपरेको, त्यस्तै विद्युत उत्पादन क्षमता २८.६२ मेगावाटबाट बढाएर ३१.०७ मेगावाट पुर्याउन लागिएकाले वन तथा वातावरण मन्त्रालयसँग थप वन क्षेत्र प्रस्ताव गरिएको हो। […]
समुदायमै पुगि कुमारी बैंक सिन्धुलीद्वारा सामाजिक सुरक्षा भत्ता बितरण
सिन्धुली – कमलामाई नगरपालिकाको कर्णाली उपनाम जस्तै भएको वडा नम्बर १२ मा स्थानीय स्तरमैं बैंक मार्फत आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । यस आर्थिक बर्ष देखी यस वडामा सामाजिक सुरक्षा भत्ता बितरणको जिम्मा पाएको कुमारी बैंक सिन्धुली शाखाले वडाका तीन स्थानलाई केन्द्र बनाई बाँझे, टंसार र बेसारेबेसीमा सामाजिक […]
प्रा.बी धाप्सार बेशारेका बालबालिकालाई स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका -८ स्थित प्राथमिक बिधालय धाप्सार बेशारेमा अध्यनरत बालबालिका, शिक्षक तथा कर्मचारीलाई शुक्रबार सरसफाइ सामाग्री बितरण गरिएको छ । सिन्धुली क्षेत्र नम्बर १ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुमनप्रसाद कोइराला र क्षेत्र नम्बर १ प्रदेश सभा (ख) नेपाली कांग्रेस सदस्य कुलदिप कोईरालाले उक्त सरसफाइ सामाग्री बितरण गर्नुभएको हो । आफ्नो ब्यक्तीगत तर्फबाट […]
सुनकोशी मरिण डाइभर्सन: एघार महिनामै ८ कि.मि सुरुङ निर्माण
सिन्धुली – अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरू पनि उत्तिकै छन् । सरकारले विकास […]








