सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका -८ स्थित प्राथमिक बिधालय धाप्सार बेशारेमा अध्यनरत बालबालिका, शिक्षक तथा कर्मचारीलाई शुक्रबार सरसफाइ सामाग्री बितरण गरिएको छ ।
सिन्धुली क्षेत्र नम्बर १ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुमनप्रसाद कोइराला र क्षेत्र नम्बर १ प्रदेश सभा (ख) नेपाली कांग्रेस सदस्य कुलदिप कोईरालाले उक्त सरसफाइ सामाग्री बितरण गर्नुभएको हो ।
आफ्नो ब्यक्तीगत तर्फबाट बिद्यार्थी बालबालिका, शिक्षक तथा कर्मचारिको स्वास्थ्य अबस्थालाई मध्यनजर गरेर उक्त स्वास्थ्य सामाग्री बितरण गरिएको महाधिवेशन प्रतिनिधि सुमनप्रसाद कोइरालाले बताउनुभयो ।
बिद्यार्थी बालबालिकाको लागी दैनिक सरसफाइ प्रयोग सामाग्री ब्रस, मन्जन (कोलगेट), शिक्षकको लागी रेजर र महिला शिक्षक तथा कर्मचारिको लागी क्रीम सामाग्री बितरण गरिएको उहाँले बताउनुभयो ।
बिधालयमा अध्यनरत ३५ बालबालिका, शिक्षक तथा कर्मचारीलाई प्रतिब्यक्ती तीन/तीन ओटा स्वास्थ्य सामाग्री ४० जनालाई बितरण गरिएको उहाँको भनाइ छ ।
प्रदेश सदस्य कुलदिप कोइरालाका अनुसार, ‘गोलन्जोर गाउँपालिका – ५ स्थित लोकभावना प्राबीमा अध्यनरत बालबालिका, शिक्षक तथा बिधालयमा कार्यरत कर्मचारीलाई पनि आउने आइतबार सोही प्रकृतिको स्वास्थ्य सामाग्री सहयोग गरिने जनाइएको छ ।’
खासगरी बजार क्षेत्र भन्दा टाढा ग्रामिण भेगमा संचालनमा रहेका बिधालयमा अध्यनरत बालबालिका जो सरसफाइको कमिले दिनानुदिन बिरामी हुने क्रम बढेपछी उक्त स्वास्थ्य सामाग्री बितरण गर्न आफुहरुलाइ इक्षा जागेको कोइरालाले बताउनुभयो ।
आगामी दिनमा समेत ग्रामिण भेगमा संचालनमा रहेका बिधालयमा अध्यनरत बालबालिकालाई आबस्यक स्वास्थ्य सामाग्री बितरण गर्ने लक्ष रहेको उहाँहरुको भनाइ छ ।