सिन्धुली – नेपाल प्रहरी दिवस २०८१ को अबसरमा नेपाल प्रहरी कार्यदक्षता मुल्यांकनमा उत्कृष्ट हुन सफल जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुखलाई बुधबार एक समारोहका बिच सम्मान-पत्र प्रदान गरिएको छ । प्रहरी कार्यदक्षता मुल्यांकन २०८१ को जिल्ला प्रहरी परिसर तथा प्रहरी कार्यालयहरू मध्येमा उत्कृष्ट हुन सफल प्रहरी कार्यालय सिन्धुलीलाई नेपाल सरकार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह […]
जीवनशैली
पहिरो प्रभावितको पीडाः न बस्ने बासको ठेगान छ, न छ खाने गासको
– राधिका बुढाथोकी पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर, दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पार्यो । बाढीपहिरोले घरखेत सखाप पारेर सुकुम्बासी बनाए पनि परिश्रम गरेर पुरानै लयमा फर्किने हिम्मत जुटाउथे । […]
वीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक सडकखण्ड सञ्चालनमा
सिन्धुली – वीपी राजमार्ग अन्तर्गत नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएर आइतबार दिउँसो साढे १ बजेबाट राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार खुर्कोट-मुलकोट सडकखण्ड गएराती देखि नै पहिरो पन्छाएर सञ्चालन ल्याइएको थियो । आइतबार नेपालथोक-मुलकोट सडक खण्ड पनि खुलाइएको उहाँले जानकारी दिनुभयो । […]
जनज्योती माबी फोस्रेटारमा एक हजार माथी बिद्यार्थीलाई दुधपान
सिन्धुली – जिल्ला स्थित जनज्योती माबी बिधालय फोस्रेटारका विद्यार्थीलाई नेपाल डेरी एसोसिएसन जिल्ला समिती सिन्धुलीले बुधबार दूधपान गराएको छ । एसोसिएसनले विश्व स्कुल दूध दिवस मनाउने क्रममा बिधालयका करिब एक हजार भन्दा माथीको संख्यामा बिद्यार्थीलाई दूधपान गराएको हो । एक हजार जना विद्यार्थीहरूलाई वितरण गर्दै जनचेतनामूलक कार्यक्रम गरिएको एसोसिएसनका अध्यक्ष बलराम अधिकारीले जानकारी दिनुभयो । […]
मदन-भण्डारी सडक भासिएपछी स्वाराका पाँच घरपरिवार जोखिममा
सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिका -१ स्वारामा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती नै जोखिममा परेको छ । अबिरल बर्षाको कारण स्वारा स्थित मदन भण्डारी लोकमार्ग छेउको सडक भासिँदा सडकभन्दा तल रहेको पाँच घर समुदाय जोखिममा परेको हो । गत १४ गते देखीको अविरल वर्षाका कारण अन्दाजी २ फिट सडक भासिंदा र अन्दाजी २० मि. लम्बाई […]