सिन्धुली – गएराती देखी परेको अबिरल वर्षातको कारण आएको पहिरो तथा बाडिले सिन्धुली हुँदै गएका तीन ठूला राजमार्ग अवरुद्ध भएका छन् । बाढी, पहिरो र खहरेका कारण बनेपा-सिन्धुली-बर्दिवास (विपी) राजमार्ग, हेटौंडा-सिन्धुली-गाईघाट-चतरा (मदन भण्डारी) राजमार्ग र मध्यपहाडी (पुष्पलाल) लोकमार्गको खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध भएका हुन् । अबिरल बर्षातको कारण विपी राजमार्गको बर्दिवासदेखि नेपालथोकसम्मको सडकखण्डमा मात्रै चार ठाउँ […]
जीवनशैली
कृषकलाई गाईभैसी पालन सम्बन्धी अन्तरक्रिया सिन्धुलीमा सम्पन्न
सिन्धुली – कृषकहरुलाई गाईभैसी पालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएकाे छ । कमलामाई नगरपालिका वडा नंं. ५ फाेस्रेटारमा जिल्ला स्थित दुग्ध उत्पादक कृषक, डेरी व्यवसायी लगायत सराेकारवालाहरुकाे उपस्थितीमा अन्तरक्रिया सम्पन्न भएको हो । ए.बि. प्यालेट फिड प्रा.लि. काे समन्वय तथा राजदेवी कृषि पशुपालन तथा दुग्ध उत्पादन सहकारी संस्था लि. काे आयाेजनामा एक दिने […]
लैङ्गिक अल्पसंख्यक सम्बन्धी अभिमुखीकरण सिन्धुलीमा सम्पन्न
सिन्धुली । स्थानीय सरकार, सरोकारवालाहरु र समुदायमा यौन स्वास्थ्य, यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । फ्रेण्डस हेटौंडाको आयोजना तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको क्षेत्रमा नागरिकता तथा पहिचानको मुद्दा, समान प्रतिनिधित्व र मतदाता अधिकार संग सम्बन्धीत […]
गर्मीका कारण कमलामाइ मातहतका बिधालय चार दिनको लागी बन्द
सिन्धुली – अत्यधिक गर्मी बढेको भन्दै जिल्लाको कमलामाइ नगरपालिकाले एक सुचना जारी गर्दै चार दिनको लागि विद्यालय बन्द हुने जानकारी गराएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित हुनसक्ने भन्दै वर्षे बिदाबाट कट्टा हुने गरी नगरपालिका मातहतका सामुदायिक र संस्थागत बिधालयलाई आजदेखी २४ गते सम्मको लागी बिदा दिन सुजना […]








