सिन्धुली – वीपी राजमार्ग अन्तर्गत नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएर आइतबार दिउँसो साढे १ बजेबाट राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार खुर्कोट-मुलकोट सडकखण्ड गएराती देखि नै पहिरो पन्छाएर सञ्चालन ल्याइएको थियो । आइतबार नेपालथोक-मुलकोट सडक खण्ड पनि खुलाइएको उहाँले जानकारी दिनुभयो । […]
जीवनशैली

जनज्योती माबी फोस्रेटारमा एक हजार माथी बिद्यार्थीलाई दुधपान
सिन्धुली – जिल्ला स्थित जनज्योती माबी बिधालय फोस्रेटारका विद्यार्थीलाई नेपाल डेरी एसोसिएसन जिल्ला समिती सिन्धुलीले बुधबार दूधपान गराएको छ । एसोसिएसनले विश्व स्कुल दूध दिवस मनाउने क्रममा बिधालयका करिब एक हजार भन्दा माथीको संख्यामा बिद्यार्थीलाई दूधपान गराएको हो । एक हजार जना विद्यार्थीहरूलाई वितरण गर्दै जनचेतनामूलक कार्यक्रम गरिएको एसोसिएसनका अध्यक्ष बलराम अधिकारीले जानकारी दिनुभयो । […]

मदन-भण्डारी सडक भासिएपछी स्वाराका पाँच घरपरिवार जोखिममा
सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिका -१ स्वारामा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती नै जोखिममा परेको छ । अबिरल बर्षाको कारण स्वारा स्थित मदन भण्डारी लोकमार्ग छेउको सडक भासिँदा सडकभन्दा तल रहेको पाँच घर समुदाय जोखिममा परेको हो । गत १४ गते देखीको अविरल वर्षाका कारण अन्दाजी २ फिट सडक भासिंदा र अन्दाजी २० मि. लम्बाई […]

जमिन धाजा परेपछि सिङ्गो हायुबस्ती जोखिममा
सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिका–१ कोप्चे सिम्ले गाउँमा जमिन धाजा परेपछी सिङ्गो हायुबस्ती जोखिममा परेको छ । जमिन धाजा परेपछि उक्त समुदायको १५ हायु परिवार जोखिममा परेका हुन । निरन्तर आएको अविरल वर्षाका कारण उक्त समुदायका पन्ध्र हायु परिवारको जनजिबन प्रभाबित बनेको कमलामाइ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सागर कुमार ढकालले जानकारी दिनुभयो । […]

भगवतीमा अध्यनरत एक छात्रद्वारा होस्टलमै आत्महत्या प्रयास
सिन्धुली – जिल्लाको संस्थागत बिधालय भगवती अंग्रेजी माध्यामिक बिधालयमा अध्यनरत एक बिद्यार्थीले आत्महत्या प्रयास गरेका छन् । धनुषा जिल्ला लक्ष्मिनिया नगरपालिका स्थायी ठेगाना भइ हाल जिल्लाको भगवती आवासिय बिधालयमा अध्यनरत एक छात्रले बिधालयको होस्टलमै आत्महत्या प्रयास गरेका हुन । बर्ष अन्दाजी १३/१४ रहेका उक्त छात्र भगवती अंग्रेजी माध्यामिक बिधालयकै होस्टेलमा रहि कक्षा ८ मा अध्यनरत […]