रुखबाट लडेर सिन्धुलीमा ६५ बर्षिया सुनुवारको मृत्युु

१४ फागुन, सिन्धुली । रुखमा चढेर घाँस झार्ने क्रममा लडेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । दुधौली नगरपालिका–१४ बासबोटेका ६५ वर्षीय यम बहादुर सुनुवारको आफ्नै घर छेउमा रहेको बढरको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर मृत्युु भएको हो । 

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेका अनुसार बुधबार विहान ८ बजेको समयमा रुखमा चढी घाँस झार्ने क्रममा लडेर सुनुवार गम्भिर घाइते भएका थिए । 

उपचारका लागि उदयपुरको कटारी नगरपालिका स्थित नगर अस्पताल लगिएको थियो । उपचारको क्रममा विहान १०ः१० को समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार ०८:३८

प्रतिक्रिया दिनुहोस्