प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरूद्ध सर्वोच्च अदालतमा दायर ३० वटा रिटमध्ये १९ वटाको पहिलो सुनुवाइपछि तिनलाई संवैधानिक इजलासमा पठाइएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको इजलासले यी रिटहरूमा संविधानको गम्भीर व्याख्या गर्नुपर्ने देखिएको भन्दै संवैधानिक इजलास पठाएको हो। प्रधानमन्त्री र राष्ट्रपतिका निर्णयविरूद्ध रिट लिएर आएका निवेदकहरूको बहस सुनेका प्रधानन्यायाधीश जबराले बिहीबार उनीहरूलाई मुख्य चार प्रश्न सोधे। ती प्रश्न राष्ट्रपतिको […]
राजनीति
प्रतिगामी कदम बिरुद्ध सिन्धुलीका पाँच बिपक्षी दलको गठबन्धन
सिन्धुली – प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको अन्त्य नभएसम्म अब हुने सबैखाले संघर्षका कार्यक्रममा एकभएर अघि बढ्ने एमालेको खनाल–नेपालसहित सिन्धुलीका विपक्षी गठबन्धनले बुधबार अपिल जारी गरेका छन् । राष्ट्र, जनता, संविधान, विधिको शासन र लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको अन्त्य नभएसम्म हुने संघर्षका सबै कार्यक्रममा एक भएर लड्ने गठबन्धनले जारी गरेको अपिलमा उल्लेख छ […]
सिन्धुलीमा एकैदिन दुई कम्युनिस्ट पार्टिको कार्यालय स्थापना
सिन्धुली – सिन्धुलीमा मंगलबार तत्कालिन नेकपाभित्र रहेको भनिएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दुवैले छुट्टाछुट्टै आ-आफ्नो कार्यालय स्थापना गरेका छन् । विहान नेकपा एमालेले आजाद स्मृति भवनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखेर कार्यालय उद्घाटन गरे भने नेकपा (माओवादी केन्द्र) ले सोही दिन अपराह्न नेकपा (माओवादी केन्द्र) […]
ओली–प्रचण्डको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज
काठमाडौँ — सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ । सर्वोच्च अदालतको यो निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद थप जटिल बनेको छ । अब दुवै पक्ष मिलेर पार्टीको मूल नामको पछाडि अर्को शब्द झुन्ड्याउनुपर्नेछ । सर्वोच्च अदालतको यो फैसलासँगै […]
जबरजस्ती अबिरखादा लाईदिएर ओली समुहले मेरो चरीत्र हत्या गर्यो
सिन्धुली – लोकतान्त्रिक विधि, मूल्य र मान्यताबिपरित र आफ्नो ब्यक्तिगत इच्छा बेगर आफुलाइ जबरजस्ती ओलि समुहको मुलधारमा प्रवेश गराएको भन्दै स्थानिय सिताराम थापाले असन्तुष्टि ब्यक्त गरेका छन । गोलन्जोर गाउँपालिका -५ विजयछापका सिताराम थापाले आफुलाई अन्य केहि कुराहरु गर्नुछ भनेर कार्यक्रममा बोलाएको र अब तपाईं हाम्रो समुहमा आजदेखी हुनुभयो भन्दै जबर्जस्ति अबिर र खादा लगाइदिएको […]