सिन्धुली कांग्रेसको एकमहिने चुनाबी अभियानको सम्पुर्ण तयारी पूरा

सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीले आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाको ७९ वटै वडाबाट शुरु गर्ने भनिएको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ।

देशभर संचालन हुने उक्त अभियान अन्तर्गत सिन्धुली जिल्लाको सम्पुर्ण वडाबाट यहि चैत्र ११ गते ११ बजेबाट यस अभियान शुरु हुने भएको हो । जसको लागी जिल्लाका सम्पुर्ण वडाहरुमा एक संयोजक तोकि प्रतिनिधि खटाउने कार्य सम्पन्न भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिती सचिव इस्वरकुमार बस्नेतले बताए ।

हामिले केन्द्रीय प्रतिनिधि मुक्ता यादवको संयोजकत्वमा सबैलाई जिम्मेवारि बोध हुने किसिमले जिल्लाको सबै वडामा प्रतिनिधि खटाएका छौ सचिव बस्नेतले भने यो अभियान सबै वडामा आगामी एक महिना सम्म संचालन हुनेछ ।

यस अभियानको क्रममा प्रतिनिधिलाइ सहजिकरण गर्दै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उदेश्यमा केन्द्रित रहने सिन्धुली जिल्ला केन्द्रिय प्रतिनिधि तथा केन्द्रिय सदस्य मुक्ताकुमारी यादबले बताइन ।

यसैगरी ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने समेत यस अभियानको उदेश्य रहेको छ ।  

स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने, कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनभावना विपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापकरूपमा राख्ने पनि अभियानको उदेश्य छ ।

त्यस्तै राष्ट्रिय सहमति निर्माण गरी हालसम्मको सबैभन्दा ठूलो अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) वर्तमान सरकारले संसद्बाट पारित गरेको र त्यसबारे जनस्तरमा छरिएका भ्रम र दुष्प्रचारलाई बुँदागत रूपमा चिर्दै वास्तविक रूपमा राख्ने अभियानको उद्देश्य रहेको नेपाली कांग्रेस सिन्धुलीका पार्टी सभापती उपेन्द्रकुमार पोखरेलले बताए ।

उक्त अभियानको लागी नेपाली कांग्रेस सिन्धुलीले महासमिती सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्लाकार्य समितीका पदाधिकारी तथा सदस्य, क्षेत्रीय समिती तथा प्रदेश समितीका पदाधिकारी तथा सदस्य, पालिका तथा वडा समितीका पदाधिकारी तथा सदस्य लगायत नेपाल प्रेस युनियन, शिक्षक संघ लगयतका शुभेच्छुक तथा भात्री संघसंस्थाका पदाधिकारी तथा सदस्यलाई प्रतिनिधि तथा सदस्य खटाइएको जनाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार ०४:०२

प्रतिक्रिया दिनुहोस्