सिन्धुली – सामान्य खेतीकिसानी गरेर जिबिकोपार्जन गरिरहेको एउटा परिवारको अभिभावकलाई आखै अगाडि शिर एकातिर ज्यान अर्कोतिर हुने गरि हत्या गरेको दृश्य त्यो परिवारको सदस्यले कसरी बिर्षन सक्छ सचीव ज्यु ?
माओबादिले गरेका कु-कर्मको बिरुद्ध पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाहरुलाइ फेरि उहीँ माओबादीलाई भोट हाल्नुस भनेर हामी कसरी भन्न सक्छौ ?

बिपक्षी दलले गरेका भ्रष्टाचार, अनियमितताको कोशेली लिएर घर-घर जाऔ, काङ्ग्रेस जिताऔं अभियानमा घर-घर पुगेर सम्झाएका कुराहरु यी सब झुठा थिए अब जे भएपनी माओबादीलाई पनि भोट हालौ भनेर एउटा काङ्ग्रेसिले कसरी भन्न सक्छ ?
स्थानिय सहिद ललितबहादुर थापा, फत्तेबहादुर श्रेष्ठ, राते बम्जन, लक्षमण मैनाली लगाएत अंगभंग भएका गोरेबहादुर श्रेष्ठको परिवारलाइ माओबादिमा भोट हाल्नुस भनेर हामी कुन मुखले भन्न सक्छौ ?

जुन पार्टिको कारण यस्ता कयौं परिवार तहसनहस छन, जसको कारण जुन परिवारले आफ्नो आखै अगाडि घरको अभिभावक गुमाएको छ त्यो परिवारसंग हामी कसरी त्यही पार्टिको लागी भोट माग्न सक्छौं ?
यस्ता कयौं प्रश्नको पार्टिका शिर्षस्थ नेताहरुसंग जिल्लाको मरिण गाउँपालिकाका काङ्ग्रेसजनले शनिबार जवाफ खोज्न प्रयत्न गरे । यी प्रश्नहरु आसन्न स्थानीय तहको निर्वाचनको लागी भएका चुनाबी तालमेलसंग सम्बन्धीत हुन भन्दा गलत हुँदैन ।

नेपाली काङ्ग्रेस मरिण गाउँपालिकाका सभापती रामबहादुर वाइबाको अध्यक्षतामा नेपाली काङ्ग्रेस सिन्धुलीका पार्टी सचिव इस्वरकुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको चुनाबी तालमेल त्यसको सम्भावना र चुनौतीको बिषयमा भएको आन्तरिक छलफलमा यस्ता प्रश्नहरु अगाडी आएका हुन । यी प्रश्नहरुको जवाफ दिनेक्रममा सचिव बस्नेतले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई मुलुकको दीर्घशान्तिको लागि भएको उल्लेख गरे ।
उनले गठबन्धनको उपलब्धि सरकार बनाउनुमात्र नभइ संविधानको रक्षाका लागि समेत अपरिहार्य भएको प्रष्ट पारे ।बस्नेतले लोकतान्त्रिक प्रणालीमाथि प्रहार भएपछि अहिलेको गठबन्धन बनेको बताए । उनले भने, “संविधान बचाउन गठबन्धन गरिएको हो, सरकार प्राप्तिका लागि मात्र होइन । मुलुकको विकास र शान्तिका लागि हो ।”

उनले अहिलेको मरिण गाउँपालिकामा नेपाली काङ्ग्रेसको प्रतिनिधित्वलाई मुल्यांकन गरेर, मरिण मात्रै होइन जिल्लाको सबै स्थानिय तहमा पार्टीको सम्मनजनक प्रतिनिधित्व हुने गरि पार्टी गठबन्धनको पक्षमा उभिएको प्रकाश पारे ।
हामी केहि स्थानिय तहमा पार्टिको प्रतिनिधित्व शुन्यमा छौ । गठबन्धनले त्यो शुन्य परिस्थितिलाई सम्मनजनक सहभागिताको रुपमा उभ्याउने छ त्यसको लागी गठबन्धन बाहेक नसोच्न पार्टिका नेता कार्यकर्तालाई उनको आग्रह थियो ।
राजनितिक स्थायित्व र समृद्धिका लागी गठबन्धन आजको आबस्यक्ता रहेको गठबन्धन आबद्द दलहरुको ठम्याइ रहेकोले सबै स्थानिय तहको निर्वाचनमा चुनाबी तालमेल गरेर अघि वढ्नुको बिकल्प नरहेको भनाइ राख्दै सचिव बस्नेतले गठबन्धको बिरुद्दमा गए त्यसको भागेदार स्वयं स्थानिय तहको नेतृत्वले लिनुपर्ने चेतावनी समेत दिए ।

त्यस्तै नेपाल विद्यार्थी संघका नेता तथा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनीधि मुकेश घिमिरेले अहिलेको गठबन्धन केपि ओलिको दम्भ र उनले गरेका गलत गतिबिधीको बिरुद्ध भएको उल्लेख गरे ।
ओलीले सत्ता र शक्तिको आडमा देशमा वितण्डता मञ्चाएको हरेक सचेत नागरिकले बुझेका छन् घिमिरेले भने, ‘नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानलाई नै सिध्याउने रणनीतिक योजनाका पात्रका रुपमा स्थापित ओलिलाई सबक सिकाउनको लागी भएपनी गठबन्धन अपरिहार्य छ हामी सबैले यो परिबर्तनको आन्दोलनलाई सफल बनाउनुपर्छ । ‘
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता सरोज मैनाली, बिष्णु बम्जन, डिबि बम्जन लगायतले प्रतिक्रिया तथा सुझाब राखेका थिए । स्थानिय तहमा सम्मानजनक प्रतिनिधित्व हुनेगरी गठबन्धन आबस्यक रहेको उहाँहरुको प्रतिक्रिया थियो ।









