काठमाडौँ : गृह मन्त्रालयले नेकपा (दाहाल-नेपाल समूह)ले बिहीबार देशव्यापी आमहडताल आव्हान गरिएको भन्दै सार्वजिनक गरिएको विज्ञप्तिप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ति निकालेर नेपालको संविधान तथा प्रचलित कानुनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने काम भए कानुनअुनरुप कारबाही गर्न बाध्य भएको उल्लेख गरेका छन् । ‘शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र […]
राजनीति
लोकतान्त्रिक ब्यबस्था खतरामा पर्यो- पुर्वमन्त्री एन.पी साउद
सिन्धुली – प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १३ भ्रातृसंस्थाहरूले सिन्धुलीमा प्रदर्शन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार भातृसंस्थाले संयुक्त रूपमा विरोधसभा गरेका हुन् । कांग्रेसको यो तेस्रो चरणको पहिलो कार्यक्रम हो । यसअघिका दुई चरणका आन्दोलनमा कांग्रेस आफैले आन्दोलनको नेतृत्व गरेकोमा यो चरणमा भ्रातृसंस्थाहरूलाई एकजुट भएर अगाडि जान आह्वान […]
कांग्रेसले ११ भ्रातृ संगठनको म्याद ६ महिना थप्यो
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित ११ वटा भ्रातृ संगठनको म्याद थप गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघ, तरुण दलसहित ११ वटा भ्रातृ संगठनको म्याद ६ महिना थप गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार नेविसंघसहित नेपाल महिला संघ, नेपाल तरुण दल, […]
हरेक प्रतिगामी शासक अन्तिममा यसैगरी बर्बराउछन- पौडेल
काठमाडौ – नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र लोकतान्त्रीक संविधानको रक्षाका लागि हुने आन्दोलनमा आफू सदैब अघिल्लो मोर्चामा हुने बताउनु भएको छ । सामाजिक संजालमा ट्विट गर्दै मंगलबार वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि हुने आन्दोलनमा आफू अग्रमोर्चामा रहने उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज […]
ओली सरकारको तानाशाही चरित्र उदांगिएको छ – प्रकाशमान सिंह
काठमाडौँ – नागरिक आन्दोलनमा प्रहरीले गरेको हस्तक्षेपप्रति चौतर्फी आलोचना बढिरहेका बेला कांग्रेसका नेता प्रकाशमान सिंहले शान्तिपूर्ण प्रदर्शन समेत दबाउन खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली सरकारको तानाशाही चरित्र उदांगिएको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध मंगलबार बालुवाटारमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका लेखक, पत्रकार, साहित्यकारमाथि प्रहरीले पानीको फोहरा हानेको थियो । पानीको फोहरासँगै प्रहरीले केही प्रदर्शनकारीमाथि लाठी हानेको […]