सिन्धुली – कांग्रेसले शनिबार र आइतबार गरेर दुई दिनको समयअबधिमा सिन्धुलीको दुई नगरपालिका सहित ९ स्थानिय तहको पालिका अधिबेशन सम्पन्न गरेको छ ।
शनिबार जिल्लाको दुधौली नगरपालिका र मरिण गाउँपालिकाको नेतृत्व चयन निर्बाचन (मतदान) प्रकृया मार्फत सम्पन्न भएको हो भने बाकी पालिकामा सर्बसम्मत नेतृत्व चयन भएका छन ।
कमलामाइ नगरपालिकाको नगर सभापतिमा आइतबार सर्वसम्मत रुपमा कमल पोखरेल निर्बाचित भएका छन । सभापती पदका आकाङ्क्षि उत्पल खड्का र उज्वलकुमार थापाले सर्बसम्मत रुपमा पोखरेललाई समर्थन गरेपछि सभापतिमा पोखरेल निर्बाचित भएका हुन ।
बाकी पदाधिकारीको लागी भने छलफल भइरहेको र सर्बसम्मत रुपमा समिती गठनको प्रयास भइरहेको नेपाली काङ्ग्रेस जिल्ला सचिब कृष्णप्रसाद दाहालले बताए ।
यस्तै दुधौली नगरपालिकामा मतदान प्रक्रिया मार्फत शनिबार सम्पन्न अधिबेशनमा बलराम कार्की उत्कृष्ट मतले बिजयी भए । कुल खसेको मत संख्या २८४ मा बिजयी भएका कार्कीले १३५ मत ल्याइ दुधौली नगर सभापतिमा बिजयी भएका हुन । सभापतीको प्रतिस्पर्धामा रहेका कुमार बस्नेतले ८१, पुर्णबहादुर बिष्ट (राजन) ले ५६ र अशोक गुरुङले ८ मत ल्याइ पराजित बने ।
यता जिल्लाको मरिण गाउँपालिकामा पनि मतदान प्रक्रिया मार्फत नेतृत्व चयन गरिएको छ । जसबाट मरिण गाउँपालिकाको सभापतिमा रामबहादुर वाइबा निर्बाचित भएका छन भने जिल्लाका अन्य नगर/गाउँ अधिबेशनमा सर्बसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।
नेपाली काङ्ग्रेस तिनपाटन गाउँपालिकाको सभापतिमा सर्बसम्मत सोमप्रसाद घिमिरे, फिक्कल गाउँपालिकाको सभापतिमा सर्बसम्मत राम कार्की, गोलन्जोर गाउँपालिकाको सभापतिमा सर्बसम्मत मोतिराज सापकोटा, सुनकोशी गाउँपालिका सभापतिमा सर्बसम्मत चन्द्र श्रेष्ठ, घ्याङ्लेख गाउँपालिका सभापतिमा सर्वसम्मत गणेश पुलामी र हरिहरपुरगढि गाउँपालिका सभापतिमा बमबहादुर स्याङ्बा नेतृत्वको समिती निर्बाचित भएका हुन ।
जिल्लाको सम्पुर्ण ७९ वडामा निर्बाचन सकिएपछिको गाउँ/नगर अधिबेशन पुर्व निर्धारित समयमा सम्पन्न भएका हुन ।