सालिक अनावरण गर्न सिन्धुली आइपुगेका एमाले महासचिव पोखरेल कार्यक्रममै सहभागी हुन पाएनन

सिन्धुली – सिन्धुलीको लोकतान्त्रिक चौकमा रहेको बालउद्दानपार्कमा निर्माण गरिएको बिपि र पुष्पलालको सालिक अनाबरण गर्न सिन्धुली आइपुगेका नेकपा एमालेका महासचिव ईश्वर पोखरेल सालिक अनाबरण गर्न सत्तारुढ दलले अबरोध गरेपछी कार्यक्रम स्थलमै नपुगी फर्किएका छन ।

बालउद्यन पार्कमा निर्माण गरिएको बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण गर्न एमाले महासचिव ईश्वर पोखरेललाई कमलामाइ नगरपालिकाले प्रमुख अतिथिको रुपमा सिन्धुली बोलाएको थियो ।

तर सत्तारुढ दल नेपाली कांग्रेस, माओबादी केन्द्र, नेकपा समाजबादी लगाएतका दलहरुले कमलामाइ नगरपालिकाले कुनै दलसंग समन्वय नै नगरी आफ्नै पेलानले नेकपा एमालेको महासचिव बोलाएर उक्त कार्यक्रमलाइ एमालेकरण गर्न खोजेको भन्दै मंगलबार साझ बालउद्दानको गेटमा तालाबन्दी गरेका थिए ।

सत्तारुढ दलहरूले नगरपालिका अगाडि लोकतान्त्रिक चोकमा रहेको बालउद्यानमा तालाबन्दी गरेपछि विवाद उत्पन्न भएको हो । उत्पन्न बिबाद समाधानको लागी प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा बुधबार बिहान सर्वदलिय छलफलको क्रममा तत्कालको लागी बालउद्दान पार्कमा निर्मित सालिक अनावरण स्थगित गर्ने सहमती भए पश्चात् उद्दानपार्कको गेटमा रहेको ताला बुधबार साझ खोलिने सहमती भएको हो ।

साथै कमलामाइ नगरपालिका सिन्धुलीले हरेक बर्ष कार्तिक २४ गते मनाउदै आएको सिन्धुलीगढी बिजय उत्सवलाई समेत मध्यनजर गरेर एमालेका महासचिव प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको कमलामाइ नगरपालिकाले अन्य सत्तारुढ दल नेपाली काङ्ग्रेस लगायत बिजय उत्सवमा सहभागी भएनन ।

यसरी बिश्वसाझ नेपाल एकीकरणको सन्दर्भमा बिजयी हासिल गरेको सिन्धुली गढीमा कुनै दलले आफ्नो पार्टिमा केन्द्रित रहेर बिजय उत्सवको आयोजना गरिनु र उक्त कार्यक्रम कमलामाइ नगरपालिकाले आयोजना गरिनु सुन्ने र हेर्नेहरुको लागी हास्यास्पद रहेको नेपाली काङ्ग्रेस सिन्धुलीका पार्टी सचिव कृष्णप्रसाद दाहालले बताए ।

आगामी दिनमा स्वतन्त्र पुर्वक सिन्धुलीगढी बिजय उत्सब मनाउन नेपाली जनताले पाउनुपर्ने उल्लेख गर्दै माओबादी केन्द्र सिन्धुलीका इन्चार्ज राजन दाहालले एकपक्षीय रुपमा यसरी कार्यक्रम आयोजना गर्ने चेष्टा कुनैपनी दलले नगर्न चेतावनी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार १०:५९

प्रतिक्रिया दिनुहोस्