सिन्धुली – नेपाली कांग्रेस सिन्धुली ओल्लो रामपुर टोल कार्यसमिती र कांग्रेस वडा नम्बर ७ वडा समितिको आयोजनामा शनिबार आयोजना गरिएको महिला संघ कार्यसमिती गठन तथा बृहत पार्टी प्रबेश कार्यक्रममा दलित समुदायका सम्पुर्ण २४ घरपरिवारका सदस्य सहित ७० जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।
उक्त कार्यक्रममा २४ घरधुरिका स-परिवार शंकर नेपाली र देवबहादुर बिकको नेतृत्वमा नेकपा एमाले र नेकपा माओबादी परित्याग गरि समुदायको सबै घरपरिवारका सदस्य कांग्रेसमा प्रवेश गरेका हुन ।
त्यस्तै सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नम्बर ७ वडा सदस्यका प्रत्यासी उम्मेदवार सरिताकुमारी श्रेष्ठको नेतृत्वमा ललित बहादुर श्रेष्ठ, गङ्गा श्रेष्ठ, अनिता श्रेष्ठ लगाएत २७ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।
त्यस्तै स्थानिय समुदायका केही युवा तथा विभिन्न पार्टिमा आस्थावान अनिल बलको नेतृत्वमा मिलन कुवर, विशाल कुवर, शन्देस जोगि लगायतको १८ जना अन्य पार्टिबाट नेपाली कांग्रेसमा प्रबेश गरेको स्थानिय लोकबहादुर आलेले बताउनु भयो ।
नवप्रबेसीहरुलाई नेपाली कांग्रेस सिन्धुलीका सभापती तथा उक्त कार्यक्रमका प्रमुख अतिथि उज्ज्वल प्रसाद बरालले अबिर तथा खादामाला लगाएर कांग्रेसमा प्रबेश गराउनु भएको हो ।
सुरेन्द्रश्वर मोक्तानको सभापतित्व तथा नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल प्रसाद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कांग्रेस सिन्धुलीका नेता नरेन्द्रजंग थापा, कपिल कोइराला, प्रेमचन्द्र दाहाल, दिपक घिमिरे महिला नेतृ शुसिला थिङ लगाएतले आफ्नो धारणा राख्नु भएको थियो ।
नबप्रबेशी हरुलाई नेपाली कांग्रेसमा जोडदार स्वागत जनाउदै कार्यक्रममा प्रमुख अतिथि तथा कांग्रेस सिन्धुलीका सभापती उज्ज्वल प्रसाद बरालले पार्टिमा प्रबेश गर्नुभएका सबैलाई फेरि निराश भएर अर्को पार्टिको बिकल्प खोज्नु पर्ने अबस्था आफुले कुनै हालतमा आउन नदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
धेरै सम्भावनाहरुलाई आधार बनाएर नेपाली कांग्रेस यहाँहरुले रोज्नुभएको छ बराले भन्नुभयो, ‘अबको अर्को बिकल्प पनि कांग्रेस नै हो भनेर आफ्नै घर सम्झेर पार्टिभित्र ईमानदार पुर्वक रहनुहुनेछ भन्ने बिश्वास मैले लिएको छु ।’
उहाँले तत्कालको प्राप्तिलाई आधार नबनाएर अबसरका कयौं ढोकाहरु अगाडि बढ्दै जादा प्राप्त हुने जनाउदै ब्यक्तिगत गुण र अनुभवको आधारमा पार्टिले अबसरहरु प्रदान गर्ने र त्यसको लागी धेरै लामो यात्रामा पार्टी संगै रहन र पार्टिको हरेक दु:ख सुखमा संगै रहन नबप्रबेशीलाई आग्रह समेत गर्नुभयो ।