सिन्धुली । सिन्धुलिको गोलन्जोर गाउँपालिकामा कोभिड-१९ अस्थायी अस्पताल सोमबारबाट सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी स्थानिय तहमा कोभिड -१९ अस्थायी अस्पताल संचालन मार्गदर्शन -२०७७ बमोजिम अस्पताल शुरु भएको हो । परिपत्र अनुसार गाउँ कार्यपालिकाले ग्वाल्टार स्वास्थ्य चौकीलाई पाँच बेडको अस्थायी कोभिड -१९ अस्पतालको रुपमा बिस्तार गर्ने भनी गएको असोज १ […]
प्रदेश
नियती: आर्थिक अभावले उपचार नपाएका कोरोना संक्रमितको शव व्यवस्थापनमा समेत अवरोध
२० कात्तिक, सिन्धुली । सिन्धुलीमा एक कोरोना संक्रमितको आर्थिक अभावमा उपचार नपाएर मृत्यु भएको छ । मृत्युपछि शव व्यवस्थापनमा समेत स्थानीयले अवरोध गरेका छन् । कमलामाई नगरपालिका–५ जरायोटारका ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएको हो । दसैंको टीकाको भोलिपल्ट कात्तिक ११ गते संक्रमित पुरूष अचानक घरमै लड्न पुगेका थिए । आफन्तका अनुसार उनलाई […]
दुर्लभ बन्यजन्तु निलगाई सिन्धुलिमा मृत फेला
सिन्धुली : सिन्धुलीमा बुधबार दुर्लभ मानिएको निल गाई मृत अवस्था फेला परेको छ। कमलामाई नगरपालिका -१४ रानीवासमा बयस्क निल गाई मृत अवस्था भेटीएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए । मुखबाट रगत बगेको अवस्थामा मृत भेटिएको निल गाईको कसैले सिकार गरेको हो कि भन्ने समेत आशंका गरिएको प्रमुख श्रेष्ठले बताए । संरक्षित वन्यजन्तुको […]
गोलन्जोर गाउँपालिकाले कोरोना परिक्षण र उपचार नि:शुल्क गर्ने
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्ना पालिकाबासी नागरिकको कोरोना परिक्षण र उपचार निशुल्क गर्ने भएको छ । सरकारले आइतबारबाट लागुु हुने गरी कोरोनाका बिरामीहरुको उपचार स्वयंम व्यक्तिले गर्नुपर्ने निणर्य गरेसँगै जिल्लाको गोलन्जोर गाउँपालिकाले भने आफ्ना नागरिकको कोरोना परिक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्किले जानकारी दिए । गोलन्जोर गाउँपालिकामा ६ जना […]
६५ औं प्रहरी दिवसमा बागमती प्रदेशका तीन प्रहरी पुरस्कृत
हेटौंडा । प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा भएको ६५ औं प्रहरी दिवसमा आयोजित कार्यक्रममा बागमती प्रदेशअन्तर्गत कार्यरत उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । बागमती प्रदेशको उत्कृष्ट प्रहरी कार्यतर्फको पुरस्कार इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक शान्ता वाइबालाई र उत्कृष्ट ट्राफिक व्यबस्थापनतर्फको पुरस्कार […]