१०३ बर्षिया छत्रमायाले पाइन् नागरिकता

सिन्धुली : कमलामाई नगरपालिका-१३ रुचानी निवासी छत्रमाया मगरले १०३ बर्षको उमेरमा शुक्रबार नागरिकता प्राप्त गर्नुभएको छ । १९७४ माघ १५ गते जन्मिनुभएको मगरले जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट नागरिकता प्राप्त गर्नुभएको हो ।

अंकपत्रमा प्रकाशित समाचार हेरेर आफ्नो वडामा नागरिकता लिनबाट बन्चित बृद्दाबारे जानकारी पाएको बताउदै कमलामाइ नगरपालिका -१३ का वडाअध्यक्ष किरण माझिले भन्नुभयो, ‘मैले यस्तो समाचार थाहा पाउनासाथ जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकिय अधिकृत भिम बहादुर बस्नेतसंग कुरा गरे ।’

उहाँले बृद्धा आमालाइ लिएर आउनु भनेपछी वडाको सिफारिस लिएर आफै गएको र उहाँलाइ नागरिकता दिलाइएको वडा-अध्यक्ष माझिले बताए ।

नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत बृद्धा मगर वञ्चित हुनुहुन्थ्यो । हजुर आमालाई आश्रय दिइरहेका नातिको पनि आर्थिक अवस्था कमजोर छ ।

आफुलाइ राज्यले नहेरेको गुनासो गर्नुभएको बृद्धा मगरले नागरिकता बनेमात्रै पनि ‘वृद्धभत्ता लिन पाए बनिबुतो गरेर मलाई पाल्ने नातिलाई सहज हुने बताउनुभएको थियो ।’ यो सपना अब साकार भएको मगरले बताउनुभयो ।

श्रीमान्‌को पनि निधन भएपछि पछिल्लो पाँच वर्षदेखि एक्लो बन्नुभएको छत्रमायालाई नातामा नाति पर्ने पदमबहादुर रानामगरले बनिबुतो गरेर संरक्षण गर्दै आइरहेका छन । ‘आर्थिक अवस्था कमजोर भए पनि ज्याला मजदूरी गरेर पदमबहादुरको परिवारले सकेको सहयोग गर्दै आएका छन् ।

मर्ने बेलामा नागरिकता कस्तो हुन्छ देख्न पाउँदा आफुलाइ खुशि लागेको भन्दै बृद्धा छत्रमाया मगरले नागतिकता सङ्ग आफ्नो खुशी साट्नुभयो । वडा अध्यक्ष माझिले अब नागरिकता प्राप्त भएपछी वडा तथा राज्यबाट प्राप्त हुने सम्पुर्ण सेवा उहाले प्राप्त गर्ने बताउनुभयो ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १४:२०

प्रतिक्रिया दिनुहोस्